ग्यापुको ‘भ्यालेन-टाइम’ अफर, भ्यालेन्टाइन सप्ताहभर आकर्षक सेल

Technology Khabar २८ माघ २०७७, बुधबार

ग्यापुको ‘भ्यालेन-टाइम’ अफर, भ्यालेन्टाइन सप्ताहभर आकर्षक सेल

काठमाडौं ।

ग्यापु मार्केटप्लेसले भ्यालेन्टाइन सप्ताहको अवसरमा ‘भ्यालेन-टाइम’ अफर सार्वजनिक गरेको छ।

अफर अन्तर्गत हाइ टाइमको स्मार्ट वाच र अन्य घडीहरुको खरिदमा एयर बर्ड्स निस्शुल्क प्राप्त गर्न सकिने छ।

साथै भ्यालेन्टाइन सप्ताहमा आफ्ना प्रियलाई चकलेट, केक, फूल र उपहारको वर्षा गर्न आतुर ब्यक्तिहरुका लागि ग्यापुले विशेष सेल सहित सामग्री बिक्री गरिरहेको ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए।

भ्यालेन्टाइन सप्ताहमा ग्यापुबाट सपिङ गर्ने मध्ये एक जनालाई सनवे इन्टरनेसनल बिजनेस स्कुलमा उच्च शिक्षा अध्ययन गर्न एक जनालाई ५० प्रतिशत छुट, एक जनालाई डिजी स्कुलमा आइटी कोर्स निःशुल्क र क्युज सिनेमामा दुई जोडिलाई निःशुल्क मुभी टिकट प्रदान गरिने खड्काले बताए।

भ्यालेन्टाइन सप्ताहमा ग्यापुको सोसल मिडियालाई ट्याग गरी जोडीको फोटो पोस्ट गर्ने मध्ये एक जोडीले पोखरा लेकसाइडको ‘स्वीस इन्टरनेशनल होटल सरोवर’मा बेड एण्ड ब्रेकफास्टको प्याकेज निस्शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २८ माघ २०७७, बुधबार