बैंक अफ काठमाण्डूको ईन्टरनेट बैंकिङ सुविधा अब एकै क्लिकमा

Technology Khabar २८ माघ २०७७, बुधबार

बैंक अफ काठमाण्डूको ईन्टरनेट बैंकिङ सुविधा अब एकै क्लिकमा
Classic Tech

बैंक अफ काठमाण्डूले ग्राहकलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” को स्तरोन्ति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप गर्दै उच्च स्तरको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” आफ्ना संस्थागत ग्राहकहरु समक्ष प्रस्तुत गरेको छ।

यस अन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आईपीएस सुबिधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने जनाइएको छ।

यस सुबिधाबाट ग्राहकहरुले बैंकिङ्ग कारोबारको लागि बैंक आईरहनुपर्ने समस्यालाई निवारण हुनुका साथै समय सापेक्ष बैंकिङ्ग सेवाको अनुभव गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न Multi-Layer Authentication को व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलो व्यवस्था गरीएको छ।

TK Viber

प्रकाशित: २८ माघ २०७७, बुधबार

Loading...