शाओमी एमआई ११ को ग्लोबल भर्सन सार्वजनिक

Technology Khabar २७ माघ २०७७, मंगलवार

शाओमी एमआई ११ को ग्लोबल भर्सन सार्वजनिक
Classic Tech

शाओमीले आफ्नो एमआई ११ को ग्लोबल भर्सन सार्वजनिक गरेको छ  कम्पनीले सोमबार बेलुका भर्चुअल इभेन्टमार्फत सो फोन विश्व बजारमा सार्वजनिक गरेको हो।

शाओमी एमआई ११ स्न्यापड्रागन ८८८ प्रोसेसर जडित पहिलो स्मार्टफोन हो । स्न्यापड्रागन ८८८ क्वालकमको नयाँ हाइइन्ड चिपसेट हो ।

नयाँ चिपसेट सहित एमआई ११ सिरिज परिष्कृत फिचरमा उपलब्ध छ । यो फोनको क्यामरा क्वालिटीमा सुधार गरिएको छ ।

क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसरले सीपीयू र आर्टिफिसिएल इन्टिलिजेन्स (एआई)को प्रफरमेन्स बोजोड छ । यो चिपसेटमा ६ औं जेनेरेसनको क्वालकम आर्टिफिसियल इन्टिलिजेन्स इन्जिन, तेस्रो जेनेरेसनको एक्स६० ५जी मोडेम–आरएफ सिस्टम र ट्रिप्पल आईएसपी छ ।

एमआई ११ स्मार्टफोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ भने बेस मोडल ८ जीबी र्याम र १२८ जीबी स्टोरेजसहित आएको छ । यो फ्ल्यागसिप फोनमा ४७८० एमएएचको ब्याट्री छ ।

फोनको क्यामरामा विशेष नाइट भिडियो मोड राखिएको छ । कम प्रकाशमा पनि यसले उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ । एमआई ११ मा १०८ मेगापिक्सेलको मुख्य क्यामरा छ भने १३ मेगापिक्सेलको अल्ट्रा वाईड र ५ मेगापिक्सेलको टेलिफोटो सेन्सर छ । प्रो मोड अझै परिस्कृत क्यामरा फिचर सहित उपलब्ध हुने कम्पनीको दाबी छ।

६.७ इन्चको एमोलेड डिस्प्ले उक्त क्यूएचडीप्लस रिसोलुसनले १२० गीगाहर्ज रिफ्रेस रेट दिन्छ । अन्य फिचरका रुपमा फोनमा वाईफाई–६ र एलपीडीडीआर ५ र्याम छ ।

शाओमी एमआई ११ को बक्समा आइफोनको अनुशरण गर्दै कम्पनीले चार्जर राखेको छैन । ग्लोबल भर्सनमा कम्पनीले ५० वाटको वायरलेस चार्जिङ्ग सपोर्ट र ५५ वाटको टर्बो चार्जिङ्ग सपोर्टका साथ आउँछ ।

कम्पनीले ग्लोबल भर्सनको बजार मूल्य हाल सार्वजनिक गरेको छैन् ।

TK Viber

प्रकाशित: २७ माघ २०७७, मंगलवार

Loading...