क्रिप्टोकरन्सी बिटक्वाइनमा टेस्लाको १.५ अर्ब डलर लगानी, भुक्तानीको रुपमा स्वीकार गर्ने योजना

Technology Khabar २७ माघ २०७७, मंगलवार

क्रिप्टोकरन्सी बिटक्वाइनमा टेस्लाको १.५ अर्ब डलर लगानी, भुक्तानीको रुपमा स्वीकार गर्ने योजना
Classic Tech

टेस्ला इंकले बिटक्वाइनमा १.५ अर्ब डलर लगानी गरेको र क्रिप्टोकरन्सीलाई भुक्तानीको रूपमा स्वीकार गर्न सुरु गर्ने आफ्नो इच्छालाई संकेत गरेको छ ।

कम्पनीले बिटक्वाइनमा लगानी गरेसँगै क्रिप्टोकरन्सी मूल्य समेत आकाशिएको छ।

इलेक्ट्रिक कार सेगमेन्टमा मार्केट लिडरले सोमबार एक फाईलिंगमा भनेको छ कि यसले बिटक्वाइनमा बाजी लगाएको छ । गत महिना उसको लगानी नीति अद्यावधिक गरेपछि डिजिटल सम्पत्तिमाका साथै सुन बुलियन र गोल्ड एक्सचेन्ज ट्रेड फन्डमा कम्पनीलाई  लगानी गर्न बाटो खुलेको छ।

‘हामी निकट भविष्यमा हाम्रा उत्पादनहरूको लागि भुक्तानीको एक रूपको रूपमा बिटक्वाइन स्वीकार्न सुरु गर्ने अपेक्षा गर्दछौं, लागू कानूनको अधीनमा र प्रारम्भिक सीमित आधारमा,’ टेस्लाले फाइल गरेको डकुमेन्टमा भन्यो।

यो समाचारका साथमा बिटक्वाइनको मूल्य १३ प्रतिशत बढेको छ र यो अहिलेसम्मकै सबैभन्दा धेरै ४३ हजार ७२५ अमेरिकी डलरमा काराोबार भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले प्रायः क्रिप्टोकरन्सी सम्बन्धी विषयहरूको बारेमा ट्वीट गर्ने गरेका छन् र यस महिनाको सुरूमा एक साक्षात्कारमा बिटक्वाइनलाई  ‘एक राम्रो कुरा’ भनेका थिए। एजेन्सी

TK Viber

प्रकाशित: २७ माघ २०७७, मंगलवार

Loading...