हुण्डाई एक्सचेन्ज् सोमबारदेखि सुरु, आकर्षक छुट पाईने

Technology Khabar २६ माघ २०७७, सोमबार

हुण्डाई एक्सचेन्ज् सोमबारदेखि सुरु, आकर्षक छुट पाईने
Classic Tech

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०७७ माघ २६ गते सोमबार देखि देशव्यापी रुपमा हुण्डाई एक्सचेञ्ज सञ्चालन गर्दैछ ।

२०७७ फाल्गुन २ गते आइतबार साझँको ५ बजे सम्म चल्ने एक्सचेञ्ज क्याम्पमा सवारी साधन सट्टापट्टाका साथै उच्चत्तम मुल्याङ्कन , आकर्षक नगद छुट, १५ हजार रुपैंया बरावरको को लोयल्टी बोनस र १ लाख ४० हजार रुपैंयासम्मको एक्सचेञ्ज बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेण्टी उपलब्ध गराइने हुण्डाइले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक सेल्स र मार्केटिङ रुपेश शर्मा भट्टका अनुसार देश व्यापी एक्सचेञ्ज कार्यक्रमले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्नेछ । यो कार्यक्रम नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध हुने भट्टले जानकारी दिए ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना सञ्चालन गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरुलाई निरन्तरता दिने जनाएको छ ।

TK Viber

प्रकाशित: २६ माघ २०७७, सोमबार

Loading...