यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने सञ्चार मन्त्री गुरूङको भनाई

Technology Khabar २६ माघ २०७७, सोमबार

यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने सञ्चार मन्त्री गुरूङको भनाई
फाइल फोटो
Classic Tech

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्वता व्यक्त गरेका छन्।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको छलफलका क्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले ट्याक्सी, बस, कार लगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउनेमा जोड दिए।

मन्त्री गुरूङले भने, ‘ग्राहकलाई ठगिन नदिन तथा सडक जाम लगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढ्नुको विकल्प छैन।’

मन्त्री गुरूङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकलाई आग्रह गर्दै सामाजिक सेवाको भावनानुसार बिरामीलाई निःशुल्क सेवा दिन पनि सवारी चालकलाई आग्रह गरे।

मन्त्री गुरूङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यातायात ऐन प्रतिकूल हुने गरी सञ्चालनमा आएका सवारी साधनको व्यवस्थापनमा लागिपर्ने बताए।

समाजका अध्यक्ष पूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐनविपरीत सञ्चालनमा आएका निजी कार, भ्यान, जीपको अनुगमन गरी कारबाही गर्न माग गरे।

समाजले समयसापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्नुपर्ने, चालक तथा चालक मजदूरीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नु पर्नेलगायत १४ बुँदे मागसहितको ज्ञापनपत्र मन्त्री गुरूङ समक्ष बुझाएको थियो।

TK Viber

प्रकाशित: २६ माघ २०७७, सोमबार

Loading...