रियलमीको बजेट ब्राण्ड नार्जोले नयाँ सिरिज ‘नार्जो ३०’ लन्च गर्दै

Technology Khabar २६ माघ २०७७, सोमबार

रियलमीको बजेट ब्राण्ड नार्जोले नयाँ सिरिज ‘नार्जो ३०’ लन्च गर्दै
Classic Tech

भारतको लागि रियलमीको बजेट ब्रान्ड, नार्जो सन् २०२० को मेमा शुरु भएको थियो र यसको दोस्रो पुस्ताले सेप्टेम्बरमा सार्वजनिक भएको थियो । अब भने कम्पनीले नार्जोको नयाँ सिरिज सुरूवात गर्न लागेको छ।

कम्पनीले फोरमहरूमा यसको नयाँ सिरिजको बक्स डिजाइनको बारेमा आफ्नो प्रशंसकहरुबिच सर्वेक्षण गर्न लागेको छ । जसमा विभिन्न ६ वटा फरक फरक डिजाइनहरुहरु लाई छान्ने अनुमति दिँदैछ।

कम्पनीले ब्रान्डको लागि नयाँ पहिचानको योजना गरिरहेको छ र यो बक्स डिजाइनको साथ सुरू हुन्छ। ‘हाम्रा सबै निर्णयहरू फ्यानहरूले लिन्छन् र हामी नार्जोको लागि पनि त्यस्तै गरिरहेका छौं,’ एक कम्युनिटी म्यानेजरले लेखेको जीएसएम एरेनाले उल्लेख गरेको छ।

आगामी मोडेलहरूको बारेमा केहि जानकारी दिनुका साथै रियलमी टोलीले फोनको नार्जो लाइनका ३० लाख प्रयोगकर्ताहरू भएकोमा गर्व गर्ने बताएको छ।

TK Viber

प्रकाशित: २६ माघ २०७७, सोमबार

Loading...