हुन्डाई मोटरले एप्पलको स्वचालित इलेक्ट्रिक कार नबनाउने, बजारबाट ८.५ अर्ब डलर गुमायो

Technology Khabar २६ माघ २०७७, सोमबार

हुन्डाई मोटरले एप्पलको स्वचालित इलेक्ट्रिक कार नबनाउने, बजारबाट ८.५ अर्ब डलर गुमायो

काठमाडौं ।

दक्षिण कोरियाको हुन्डाई मोटर कम्पनीलेले सोमबार अब एप्पल इंकसँग अटोनोमस इलेक्ट्रिक कारहरु निर्माण गर्ने वार्तालापमा नरहेको बताएकाे छ । एक महिना पछि यसले टेक जायन्टका साथ प्रारम्भिक चरणको वार्ता भएको पुष्टि गरेको छ, यसबिचमा अटोमेकरको सेयर ह्वात्तै बढेको थियो।

दक्षिण कोरियाली गाडी निर्माताहरूले आफैंले ड्राइभिङ्ग कारहरू विकास गर्न एप्पलसँग कुराकानी गरिरहेको छैन भनेसँगै बजारमा हुन्डाई र कियाको सेयर मूल्य सोमबार उच्च गिरावट आएको छ ।

‘हामी आफैं सेल्फ ड्राइभिङ्ग कारहरूको विकासको बारेमा कुराकानी गरिरहेका छैनौं, हुन्डाईले एक विज्ञप्तिमा भन्यो।

विज्ञप्तिमा थप भनिएको छ कि हुन्डाईले ‘धेरै कम्पनीहरु’ बाट सेल्फ ड्राइभिङ्ग इलेक्ट्रिक कारहरु विकास गर्ने अनुरोध प्राप्त गरेको छ, तर त्यसमा कुनै पनि निर्णय नभएको बताएको छ किनकि यी सबै शुरुवाती चरणमा रहेका छन् ।

उक्त घोषणाले लगानीकर्ताहरुलाई निराशा बनाएको छ जसले गर्दा  कियाको सेयर करीव १५ प्रतिशत खस्कियो । यो गिरावट सन् २००१ पछि सबैभन्दा खराब दिन भएको बताईएको छ । गिरावटले यसको बजार मूल्य ५.५ अर्ब डलर गुमाएको छ।

त्यस्तै हुन्डाईको शेयर ६.२ प्रतिशतले गिरावट आएको छ भने बजार मूल्यमा लगभग २.८ बिलियन डलर भन्दा धेरै गुमाएको छ। समग्रमा कम्पनीले ८.५ अर्ब डलर बजारबाट गुमाएको छ।

गत साता मात्र कोरियाका न्यूज मिडियाले अटोमेकर कियाले एप्पलसँग नयाँ सवारी निर्माणको साझेदारी गर्ने बताएका थिए जसले कम्पनीको सेयर दुई दशक भन्दा बढी अवधिमा ६१ प्रतिशतले बढेर सबैभन्दा माथि पुगेको थियो।

पछिल्ला दिनहरुमा एप्पलले अटोनोमस कारहरु बनाउने योजना गरिरहेको र सन् २०२४ सम्ममा बजारमा ल्याउने लक्ष्य लिएको समाचारहरु आईरहेका छन् । जसमा एप्पलको लागि हुन्डाईले सहयोग गर्ने बताईएको थियो । एजेन्सीहरुका साथ

Global Bank
easy care

प्रकाशित: २६ माघ २०७७, सोमबार

ताजा समाचार