माइक्रोसफ्टले आफ्नो वेब ब्राउजर एजको पुरानो भर्सन पुरै बन्द गर्ने

Technology Khabar २६ माघ २०७७, सोमबार

माइक्रोसफ्टले आफ्नो वेब ब्राउजर एजको पुरानो भर्सन पुरै बन्द गर्ने

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो वेब ब्राउजर एजको पुरानो भर्सनका लागि सपोर्ट पुरै बन्द गर्ने भएको छ। माइक्रोसफ्टकाअनुसार आउँदो अप्रिल १३ मा विन्डोज टेनको नयाँ अपडेट आउनेछ र विन्डोज टेनबाट माइक्रोसफ्ट एजको पुरानो भर्सनलाई हटाइनेछ।

कम्पनीले मार्च ९ तारिखदेखि पुरानो एज भर्सनलाई सपोर्ट गर्न पुरै बन्द गर्नेछ भने अप्रिलदेखि यसलाई पुरै हटाउने छ । माइक्रोसफ्टले पुरानो भर्सनको स्थानमा नयाँ क्रोमियममा आधारित एजले प्रतिस्थापन गर्नेछ ।

माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ब्राउजर हटाउन एक दशक लगाएको थियो भने एज ब्राउजरको पुरानो भर्सन हटाउन खासै समय नलिने भएको छ ।

माइक्रोसफ्ट एज ब्राउजरमा कम्पनीले आफ्नै एज एचटीएमएल रेन्डरीङ इन्जिन प्रयोग गर्ने गर्दछ । सन् २०१९ मा कम्पनीले ब्राउजरलाई क्रोमियम सफ्टवेयर प्रयोग गरेर पुनः निर्माण गर्न सुरु गरेको थियो ।

प्रयोगकर्ताको कम्प्युटरमा पहिले देखिनै क्रोमियममा आधारित एज इन्स्टल भएमा फेरी इन्स्टल गर्नु पर्दैन् र माइक्रोसफ्टले लेगेसी भर्सनलाई मात्रै हटाउनेछ ।

अझै पनि धेरै इन्टरप्राइज टर्मिनलहरूले पुरानो एजको कियोस्क मोड प्रयोग गर्ने माइक्रोसफ्टले बताएको छ। यदि यी प्रयोगकर्ताहरूले किओस्क मोड प्रयोग गर्न जारी राख्न चाहान्छन् भने प्रयोगकर्ताहरूले किओस्क मोड सक्षम पार्नु र अप्रिलमा प्याच लगाउनु अगाडि नै क्रोमियममा आधारित एजको नयाँ संस्करण इन्स्टल गर्नुपर्दछ। यदि तपाईं क्रोमको नयाँ संस्करण पहिले स्थापना गर्नुहुन्न भने, किओस्क मोड सेवा अवरोध हुनेछ।

कम्पनीकाअनुसार अहिलेपनि एजको ८८ भर्सनमा कयौं फिचरहरु छैनन र यी सबै फिचरहरु ९० भर्सनमा ल्याउने योजना रहेकोछ।

easy care

प्रकाशित: २६ माघ २०७७, सोमबार