इन्ट्यान्ट मेसेजिङ एप टेलिग्रामको प्रयोगकर्ता बढे, डाउनलोडमा नम्बर एक

Technology Khabar २६ माघ २०७७, सोमबार

इन्ट्यान्ट मेसेजिङ एप टेलिग्रामको प्रयोगकर्ता बढे, डाउनलोडमा नम्बर एक
Classic Tech

सन् २०२१ को सुरुवात इन्ट्यान्ट मेसेजिङ एप टेलिग्रामलाई उत्कृष्ट रहेको छ । यो सबैभन्दा धेरै डाउनलोड गरिने एप बनेको छ। टेलिग्रामले टिकटक, फेसबुक, ह्वाट्सएप लगायत एपलाई पछि पारेको छ।

सन् २०२१ को जनवरीमा टेलिग्राम ६३ मिलियन अर्थात ६ करोड ३० लाख पटक डाउनलोड भएको छ । यो नन् गेमिङ एपमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । टेलिग्रामले ह्वाट्सएपको नयाँ पोलिसीबाट उत्पन्न विवादबाट फाइदा प्राप्त गरेको हो।

डाटा एनालाइटिक्स फर्म सेन्सर टावरको प्रतिवेदनअनुसार सन् २०२० को जनवरीको तुलनामा सन् २०२१ को जनवरीमा टेलिग्राम ३.८ गुणा धेरै डाउनलोड भएको छ । अर्थात ६ करोड ३० लाख पटक डाउनलोड भएको हो।

भारतमा सबैभन्दा धेरै टेलिग्राम एप डाउनलोड भएको छ । ६ करोड ३० लाख डाउनलोड मध्ये २४ प्रतिशत भारतमै डाउनलोड भएको छ । दोस्रो धेरै इन्डोनेसियामा १० प्रतिशत डाउनलोड भएको छ।

TK Viber

प्रकाशित: २६ माघ २०७७, सोमबार

Loading...