म्यानमारमा आइतवारदेखि इन्टरनेट पहुँच आंशिक रूपमा पुनःस्थापित

Technology Khabar २५ माघ २०७७, आईतवार

म्यानमारमा आइतवारदेखि इन्टरनेट पहुँच आंशिक रूपमा पुनःस्थापित
Classic Tech

म्यानमारमा आइतवार इन्टरनेटको पहुँच आंशिक रूपमा पुनःस्थापित भएको नेटब्लक्सले बताएको छ ।

म्यानमारमा देशव्यापी वेब नाकाबन्दीले निर्वाचित नेता आंग सान सु चीलाई हटाईएको ‘सैनिक कू’को बिरूद्ध सार्वजनिक आक्रोश र विरोध रोक्न असफल भएको न्यूज एजेन्सी एएफपीले उल्लेख गरेको छ।

‘कयाैं सेवा प्रदायकहरुले सूचना ब्ल्याकआउट गरेपछि हाल इन्टरनेट कनेक्टिविटीको आंशिक पुनर्स्थापना पुष्टि म्यानमारमा स्थानीय समय २ बजेबाट भएको छ,’ इन्टरनेट निगरानी गर्ने सेवाले ट्विटरमा भन्यो।

सेनाको आदेशमा म्यानमारलाई शनिबारदेखि साइबर अन्धकारमा डुबाइयो।

नेटब्लक्सले भन्यो कि सोशल मिडिया प्लेटफार्म आइतवार दिउँसोसम्ममा बन्द छ।

तर मोबाइल फोन ग्राहकहरुले म्यानमारका ४ कम्पनीहरु एमपीटी ओरेडु टेलिनोर र माइटेलका साथ सेवाहरुको उपयोग अब मोबाइल इन्टरनेट डाटा र वाईफाई उपयोग गर्न सक्षम छन्।

यसभन्दा पहिले आइतबार नेटब्लक्सले म्यानमारमा कनेक्टिभिटी सामान्य स्तरको १४ प्रतिशत मात्र रहेको बतायो।

इन्टरनेट ब्ल्याकआउटको बाबजुद धेरै प्रत्यक्ष फेसबुक फिडहरूमा यांगुनको सडकमा उत्रने हजारौं प्रदर्शनकारीहरूको प्रसारण गरिएको थियो।

म्यानमारमा मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समुहका टोम एन्ड्रयूजले इन्टरनेट अवरोध खतरनाक छ र मानव अधिकारको उल्लंघन भएको बताए ।

‘जनरलहरूले अब प्रतिरोध आन्दोलनलाई कमजोर बनाउन र बाहिरी विश्वलाई अन्धकारमा राख्न खोजिरहेका छन्-वास्तवमै सबै इन्टरनेट पहुँच काटेर,’ उनले ट्वीट गरे।

TK Viber

प्रकाशित: २५ माघ २०७७, आईतवार

Loading...