एप्पलले आईफोन १२ मिनीको उत्पादन बन्द गर्दै

Technology Khabar २५ माघ २०७७, आईतवार

एप्पलले आईफोन १२ मिनीको उत्पादन बन्द गर्दै

काठमाडौं ।

गत वर्ष एप्पलले सार्वजनिक गरेको आईफोन १२ मिनीको उत्पादन कम्पनीले बन्द गर्ने भएको छ । कम्पनीले सो समयमा चार नयाँ डिभाइसहरु आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स सार्वजनिक गरेको थियो।

बजारमा आईफोनका यी नयाँ मोडलहरुको माग निकै बढेको देखिन्छ र यसमध्ये प्रयोगकर्ताले आइफोन १२ धेरै मन पराएको देखिन्छ। आईफोन १२ सिरिज मनपराए पनि आईफोन १२ मिनीको बिक्री धेरै कम भएको बताईएको छ ।

यहि कारण कम्पनीले आईफोन १२ मिनीको उत्पादन बन्द गर्ने रिपोर्ट आएको छ ।

अमेरिकी बैंक जेपी मोर्गन चेजका सप्लाई चेन एनालिस्ट विलियम याङ्गले आईफोन १२ सिरिज र आगामी नयाँ आउँदो आईफोनहरुको बारेमा आफ्ना धारणा सार्वजनिक गरेका छन् जहाँ उनले आईफोन १२ मिनीको उत्पादन बन्द हुने बताएका छन् ।

एप्पलइन्साइडको रिपोर्ट अनुसार, याङ्गले आईफोन १२ र आईफोन १२ मिनीको उत्पादन क्रमशस् ९० लाख यूनिट र १.१ करोड युनिट घटाए। उनका अनुसार, आईफोन १२ मिनीको माग कमजोर भएजस्तो देखिन्छ र २०२१ को दोस्रो क्वाटरमा आपूर्ति श्रृंखलाहरुले उत्पादन रोक्न सक्छ।

५.४ इन्च डिस्प्ले भएको आईफोन १२ मिनी एप्पलको नयाँ बजेट आईफोनको रुपमा आएको थियो । आईफोन १२ मिनी एप्पलको सबैभन्दा कम बिक्री भएको मोडलमध्ये एक हो र विश्व बजारमा यसको बिक्री केबल ६ प्रतिशत छ।

यसको साथै आईफोन १२ प्रो म्याक्सको बिक्री भने एक करोड दश लाखले अघिक रहेको रआईफोन १२ प्रो को बिक्री २० लाख यूनिट अधिक रहेकोछ भने आईफोन ११ को बिक्री ८० लाख यूनिट अधिक रहेको अनुमान छ ।

उनकाअनुसार कम्पनीले आईफोन १३ को उत्पादन ८ देखि ९ करोडको हाराहारीमा गर्ने अनुमान छ र यो आईफोन १२ सिरिजको भन्दा निकै धेरै हो ।

आईफोन १२ मिनी विश्वको सबैभन्दा सानो, हलुका र पातलो ५जी फोन हो ।

Global Bank
easy care

प्रकाशित: २५ माघ २०७७, आईतवार

ताजा समाचार