Technology Khabar २५ माघ २०७७, आईतवार
गुगलले अस्ट्रेलियाका मिडियाहरुलाई रकम दिने नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ ।
गुगलले यसको लागि छुट्टै प्लेटफर्म ‘न्युज शोकेस’ तयार पारेर सार्वजनिक गरेको हो । यसअघि अस्ट्रेलिया सरकारले मिडियाहरुलाई रकम तिर्नुपर्ने बारेमा ल्याउन लागेको कानूनको विरोधमा गुगल रहेको थियो ।
तर अन्तत गुगलले अस्ट्रेलिया सरकारले भनेअनुसार नै नयाँ प्लेटफर्म ल्याएको हो । हाल यसमार्फत सात वटा सञ्चार माध्यमलाई उनीहरुको समाचार सामाग्री राखेबापत रकम दिनका लागि गुगल तयार भएको हो ।
गुगलको न्युज शोकेस यसअघि गुगलको ब्राजिल र जर्मनीमा मात्र प्रस्तुत गरेको थियो ।
अस्ट्रेलिया सरकारले कन्टेन्टको प्रयोग गरेबापत रकम भुक्तानीका लागि बाध्य बनाएको खण्डमा आफ्नो सेवा नै बन्द गर्ने चेतावनी दिएको थियो ।
अस्ट्रेलिया सरकारले बाध्यकारी कानून ल्याउँदै गर्दा गुगल र फेसबुकले समाचार सामाग्रीहरुको लागि रकम भुक्तानी गर्न तयार भएका हुन् ।
यसअघि दुबैले नयाँ प्रस्तावित कानूनको विरोध गरिरहेका थिए ।
गत महिना गुगलका अस्ट्रेलिया तथा न्युजिल्याण्डका प्रबन्ध निर्देशक मेल सिल्भाले एक संसदीय सुनुवाईको क्रममा प्रस्तावित कानून आएमा आफूहरुले अस्ट्रेलिया छोड्नुको विकल्प नरहेको बताएका थिए ।
गुगलले आगामी दिनमा थप मिडियाहरुसँग सम्झौता गर्ने जनाएको छ । एजेन्सीहरुका साथ
प्रकाशित: २५ माघ २०७७, आईतवार