वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना, मासिक ७९९ रूपैयाँमा नै आईपीटीभी र इन्टरनेट सेवा पाईने

Technology Khabar २५ माघ २०७७, आईतवार

वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना, मासिक ७९९ रूपैयाँमा नै आईपीटीभी र इन्टरनेट सेवा पाईने
Classic Tech

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना ‘तहल्का’ ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले नेटटिभीले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मै पाउने छन् ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएको बताए।

उनी भन्छन्, “तहल्का” अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोशल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ । हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रम लाई समेत सघाउने छ । हामीले आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेका छौ।’

वर्ल्डलिंकले यस अफरसँगै नेटटिभी (आईपीटीभी) सेवासँगै कम्बो प्याकमा ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।

ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्याकेजहरू छनौट गर्न सक्ने छन्।

TK Viber

प्रकाशित: २५ माघ २०७७, आईतवार

Loading...