ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच सम्झौता

Technology Khabar २३ माघ २०७७, शुक्रबार

ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच सम्झौता
Classic Tech

ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) बीच औपचारिक सम्झौता भएको छ।

एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलाई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन्स मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

एससीटीले गहन अध्ययन र अनुसन्धान गरि विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा मोबाइल बैंकिङ्ग, इबैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्मार्ट क्यूआर र कार्ड मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।

यसबाट बैंकका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटोरछरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहुँच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकको बिच सञ्चालनमा ल्याउने जनाएको छ।

TK Viber

प्रकाशित: २३ माघ २०७७, शुक्रबार

Loading...