डिशहोममा डिलर दाईको डिस्काउन्ट अब केहि दिन मात्र वाँकी

Technology Khabar २३ माघ २०७७, शुक्रबार

डिशहोममा डिलर दाईको डिस्काउन्ट अब केहि दिन मात्र वाँकी

काठमाडौं ।

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक अफर अब केहि दिनमात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ।

जस अन्तर्गत हाल सम्म ८८ जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सक्नुभएको छ भने अन्य बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गर्नुभएको छ जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएको कम्पनीले जानकारी दिएको छ।

२०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब भने केहि दिन मात्र वाँकी रहेको छ । यहि २०७७ माघ २९ गते सम्मका लागि यो योजना लागु हुनेछ ।

नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यम बाट बार्षिक रिचार्ज गरे बापत साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।

फण्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २३ माघ २०७७, शुक्रबार

ताजा समाचार