Technology Khabar २३ माघ २०७७, शुक्रबार
नेपाल टेलिकमले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर नयाँ सेवा उपलब्ध गराएको छ।
कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा मेसिन टु मेसिन डाटा र एसएमएस प्याक (M2M Data and SMS Pack) सेवाको शुरूवात गरेको छ ।
मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवा मार्फत व्यावसायिक उपकरणहरु बीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लोकेसन अपडेट गर्ने, लजिस्टिक म्यानेजमेन्ट गर्ने लगायतका काम गर्न सकिने छ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले व्यावसायिक उपकरणहरु वीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लोकेसन अपडेट गर्ने, लजिस्टिक म्यानेजमेन्ट गर्ने यो सेवा विश्वव्यापी रुपमै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले बिहिबारदेखि शुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुने बताए।
कम्पनीले सेवा घोषणा गरेपनि यसको बिस्तृत मूल्य र उपलब्धताको बारेमा जानकारी दिएको छैन् ।
प्रकाशित: २३ माघ २०७७, शुक्रबार