एनसेलले भन्यो- आधिकारीक पेज र वेबसाइटबाट मात्र जानकारी लिनुस्, व्यक्तिगत विवरण नदिनुस्

Technology Khabar २२ माघ २०७७, बिहीबार

एनसेलले भन्यो- आधिकारीक पेज र वेबसाइटबाट मात्र जानकारी लिनुस्, व्यक्तिगत विवरण नदिनुस्
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक एनसेलले कम्पनीको नाम दुरुपयोग गर्दै आएका सामाजिक सञ्जालका भ्रामक सामाग्रीहरुबाट सचेत हुन आग्रह गरेको छ ।

कम्पनीले हालै सामाजिक सञ्जालहरुमा भ्रामक र गलत सामाग्रीहरु सेयर गरेर फिशिङ्ग गरिएको भन्दै आफ्ना ग्राहकहरुलाई सचेत हुन भनेको हो।

कम्पनीले सूचना प्रकाशित गर्दै एनसेल आजियाटा लिमिटेडको नाम र लोगो दुरुपयोग गरी विभिन्न फेसबुक पेजहरु र लिंकमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्न भ्रामक पोष्ट तथा सन्देश प्रचार भएको पाइएकाले सजग रहन र त्यस्ता प्रचारसँग सम्बन्धित पेज वा लिंकमा क्लिक गरि आफ्नो कुनैपनि विवरण नदिन अनुरोध गरेको छ ।

त्यसैगरि आधिकारीक पेज तथा वेबसाइटहरुबाट मात्र सहि जानकारी लिन अनुरोध गरेको छ ।

‘यस्ता अनाधिकृत रुपमा संचालित सामाजिक सञ्जाल पेज, लिङ्क वा वेबसाइटका भ्रामक प्रचारमा विश्वास गर्दा आफ्ना व्यक्तिगत विवरणहरु चोरी हुने लगायतका जोखिमहरु रहन्छन् ।’ कम्पनीले सचेत गराउँदै सूचनामा भनेको छ ।

पछिल्लो दिनहरुमा नेपाली कम्पनीहरुलाई लक्षित गरेर विभिन्न किसिमका फिशिङ्गहरु हुने गरेका छन् । जसमा प्रयोगकर्ताहरुको डाटा चोर्ने काम हुने गरेको देखिन्छ ।

Global Bank
easy care

प्रकाशित: २२ माघ २०७७, बिहीबार

ताजा समाचार