यस्ता छन् नेपाल टेलिकमको भावी रणनीतिहरु, हेर्नुस् सबै ९ बुँदाहरुमा

Technology Khabar २२ माघ २०७७, बिहीबार

यस्ता छन् नेपाल टेलिकमको भावी रणनीतिहरु, हेर्नुस् सबै ९ बुँदाहरुमा
Classic Tech

नेपाल टेलिकमले १७ औं वार्षिकोत्सवमा आगमी दिनमा कम्पनीले अबलम्बन गर्ने योजनाहरु सार्वजनिक गरेको छ ।

टेलिकमले सबै स्थानीय निकायमा ब्रोडब्याड इन्टरनेट विस्तार गर्ने, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइने लगायत भावी रणनीति रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताएका हुन् ।

उनले सार्वजनिक गरेका भावी योजना र रणनीति यस्ता छन् ।

योजना यी हुन्-

१.चालु आयोजनालाई स्वीकृत कार्ययोजना अनुसार समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रदान गरिने छ ।

२. मर्मत सम्भारलाई थप वैज्ञानिक, भरपर्दो बनाउने र नेटवर्क एभालेबिलिटी बढाई गुणस्तरलाई सुनिश्चित गरिने छ ।

३. जीआईएस मार्फत पूर्वाधारको अभिलेखिकरण तथा सोको प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारीता कायम गरिने छ । ड्राइभरलेस अप्टिमाइजेसन मार्फत मोबाइल सेवाको गुणस्तलाई निरन्तर अनुगमन तथा सुधार गरिने छ ।

४. डिजिटल प्लेटफार्म मार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापन लगायतका कार्य गरिनेछ ।

५. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणको सहकार्य र सहमतिमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी संचालन गर्ने । पूर्वाधारको सह–प्रयोग मार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणी भमिका निर्बाह गर्न तयार रहेको छ।

६. कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्नका लागि स्ट्रयाटेजिक म्यानेजमेन्ट पाटनर भित्र्याउन पहल गरिनेछ ।

७. सबै स्थानीय निकायहरुमा ब्रोडब्यान्ड सेवा पुर्याई डिजिटल डिभाइड कम गर्दै डिजिटल लिटरेसीलाई प्रोत्साहन गर्ने वातावरण तयार गरिनेछ । डिजिटलाइजेसनको प्रकृयालाई सहयोग गरिनेछ।

८. बिगडाटा (बीआई), आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइने छ ।

९. फाइभजी सेवा सञ्चालनको लागि परीक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनको लागि प्रारुप तयार गरिनेछ ।

TK Viber

प्रकाशित: २२ माघ २०७७, बिहीबार

Loading...