टेलिकमले ल्यायो फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस, इन्टरनेट र तारफोन नभएपनि चलाउन सकिने

Technology Khabar २२ माघ २०७७, बिहीबार

टेलिकमले ल्यायो फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस, इन्टरनेट र तारफोन नभएपनि चलाउन सकिने
Classic Tech

नेपाल टेलिकमले एफटीटीएच, तारवाला फोन नपुगेको र वाईफाई सेवा उपलब्ध नभएको स्थानमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरेको छ।

टेलिकमको १७ औं वार्षिकोत्सवका अवसरमा कम्पनीले बिहीबार (आज) देखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने सुविधासहित फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस सुरु गरिएको बताए ।

नेपाल टेलिकमले एफटीटीएच, तारवाल फोन नपुगेको र वाईफाई सेवा उपलब्धता नभए पनि वायरलेस माध्यमबाट डाटा चलाउने ग्राहकले सीपीई ( कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोगगरी होम ब्रोडब्याड सेवाबाट इन्टरनेट प्रयोग गर्न सकिनेछ ।

कति पर्छ शुल्क ?

हाल यो सेवाको शुल्क प्रति महिना ९ सय रुपैयाँमा ६० जीबी, १५ सय रुपैयाँमा १२० जीबी रहेको छ । वार्षिक सेवा लिन चाहाने ग्राहकले ९,६०० रुपैयाँमा ७२० जीबी र १६,००० रुपैयाँमा १,४४० जीबी डाटा उपयोग गर्न पाउनेछन् ।

TK Viber

प्रकाशित: २२ माघ २०७७, बिहीबार

Loading...