सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एउटा मात्र पूर्वाधार कम्पनीको पक्षमा

Technology Khabar २२ माघ २०७७, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एउटा मात्र पूर्वाधार कम्पनीको पक्षमा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले देशमा एउटा मात्र पूर्वाधार कम्पनी ल्याउने आफ्नो अडानलाई पुन स्पष्ट पारेका छन् ।

मन्त्री गुरुङ्गले नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै एउटा मात्र पूर्वाधार कम्पनी ल्याउने पक्षमा रहेको बताएका हुन् ।

इन्टरनेट सेवाप्रदायकहरुले छुट्टै कम्पनी चाहिन्छ र नेपाल टेलिकमले पनि अगाडि बढाई नसकेको बेला हामीले दुई वटा पूर्वाधार कम्पनी बनाउने आवाज सुनिरहेको भन्दै उनले मन्त्रालय भने एउटै कम्पनीको अवधारणमा रहेको बताए ।

‘मन्त्रालय एउटा पूर्वाधार कम्पनीको पक्षमा रहेको छ । नेपाल टेलिकमको नेतृत्वमा बनाउने हो की अन्य कम्पनीहरुको शेयर सदस्य सहितको मोडलको विषयमा हामी छलफल गर्छौं, अब पूर्वाधार कम्पनीको व्यवस्थापन गछौं र स्टेक होल्डरहरुसँग समन्वयन र सहकार्य गर्नेछ,’ उनले भने ।

त्यसका लागि नेपाल टेलिकमले पहलकदमी लिन सक्ने भन्दै छलफल गरेर जान आग्रह गरे।

यसअघि मन्त्रालयले नै आयोजना गरेको एक छलफलमा समेत एउटा मात्र पूर्वाधार कम्पनी बनाउने बारेमा इन्टरनेट सेवा प्रदायकहरुसँग जुहारी चलेको थियो ।

सो कार्यक्रममा पनि एउटा मात्रै पूर्वाधार कम्पनी ल्याउने जिकिर गरेका थिए । इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सहभागीतामा एउटा र टेलिकमको नेतृत्वमा अर्को कम्पनी ल्याउन माग गर्दै आएका छन् ।

easy care

प्रकाशित: २२ माघ २०७७, बिहीबार