Technology Khabar २२ माघ २०७७, बिहीबार
एप्पल र किया इलेक्ट्रिक कार बनाउनका लागि एक सम्झौतामा पुगेको एक नयाँ रिपोर्टमा बताइएको छ । टेक जायन्टले करिब ४ खर्ब कोरियन वन अर्थात लगभग ३।६ अर्ब डलर को लगानीमा ‘एप्पल कार’ लाई जीवनमा ल्याउन सहकार्य गर्ने भएको हो।
आईफोन निर्माताले कियाको साथ उत्पादन सेटअप गर्ने र संयुक्त राज्य अमेरिकाको जर्जियामा अटोमेकरको सुविधामा एप्पल कारहरू निर्माण गर्ने योजना बनाएको कोरियाली मिडिया डोङ्गईले लेखेको ब्लूमबर्गले जनाएको छ ।
कम्पनीहरूले फेब्रुअरी १७ मा सम्झौतामा हस्ताक्षर गर्न सक्छन् र २०२४ मा एप्पल कारहरू पेश गर्ने लक्ष्य राख्छन्, उक्त अखबारका अनुसार उनीहरूले एक बर्षमा १ लाख अटो उत्पादन गर्ने लक्ष्य राखेका छन्।
सम्भावित सम्झौताको समाचार ‘एप्पल कार’ अफवाह निरन्तर आईरहेकोछ । मंगलबार, एप्पल विश्लेषक मिङ्ग ची कुओले लगानीकर्तालाई दिएका नोटमा पनि आईफोन निर्माताले कियाको मुख्य कम्पनी हुण्डाईसँग इलेक्ट्रिक भेहिकलको डिजाइन र निर्माणमा काम गर्ने भविष्यवाणी गरेका थिए।
एप्पल कार हुण्डाईको इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा निर्माण हुनेछ, हुण्डाई मोबिसले कम्पोनेन्ट डिजाइन र उत्पादनको साथ सहयोग प्रदान गर्नेछ।
एप्पलले भने सेल्फ ड्राइभिङ्ग हार्डवेयर र सफ्टवेयर, सेमीकन्डक्टर, ब्याट्री टेक्नोलोजी, फार्म फक्टर र प्रयोगकर्ता अनुभवको जिम्मा लिने अपेक्षा गरिएको छ।
यसअघि पनि हुन्डाईले एप्पलसँग कार निर्माणको लागि कुराकानी भएको बताएको थियो । तर पछि त्यसबाट पछाडी हटेको थियो ।
प्रकाशित: २२ माघ २०७७, बिहीबार