माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा

Technology Khabar २१ माघ २०७७, बुधबार

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा

काठमाडौं ।

माछापुच्छ्रे बैंकले राजधानीको तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ।

बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किनेर क्युआर कोड मार्फत तरकारीको रकम भुक्तानी गरि क्युआर कोड सेवाको सुरुवात गरे।

क्युआर कोड सेवा सुरु भएसंगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुँदा भविष्यमा आफ्नो व्यापार व्यवसायको बृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने कुरा बताए ।

साथै उनले नेपाल राष्ट्र बैंक डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी गराए ।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा विरेन्द्र प्रसाद महतोले तरकारी तथा फलफुल बजारमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भएको बैंकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: २१ माघ २०७७, बुधबार

ताजा समाचार