ट्राफिक जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने

Technology Khabar २१ माघ २०७७, बुधबार

ट्राफिक जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ ।

महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।

ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु बीचमा आबद्ध भइ रियल टाइममा सम्मनधित बैंकको खाता मार्फत जरिवाना रकम भुक्तानी हुने गरि प्रणालीको बिकास गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

एसएसपी भट्टराईले यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताए।

यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आई समयको समेत वचत हुनेछ ।

आजको उद्‌घाटन कार्यक्रममा सेवा प्रदायक कम्पनी इसेवा फोन पे प्राली र नेपाल क्लियरिङ्ग हाउस लि (कनेक्ट आईपिएस) का प्रतिनिधिहरुको उपस्थितिमा महाशाखा प्रमुख एसएसपी भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरि शुभारम्भ गरिएको हो ।

इसेवाको तर्फबाट प्रमुख अपरेसन अधिकृत रोशन लामिछाने र कनेक्ट आईपिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिन आवश्यक समन्वय भैरहेको महाशाखाले जनाएको छ।

यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ ।

यो अनलाईन प्रबिधि ट्राफिक प्रहरी महाशाखाको लागी माइलस्टोन समेत भएकाले ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पुर्ण सेवाग्राहिलाई सहज एवं सरल रुपमा सेवा दिन सधै तत्पर रहेको महाशाखाले जनाएको छ।

यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको छ ।

TK Viber

प्रकाशित: २१ माघ २०७७, बुधबार

Loading...