सामसङको नयाँ ओलेड डिस्प्ले टेक्नोलोजी, दिनको उज्यालोमा पनि चम्किलो र सफा डिस्प्ले देखिने

Technology Khabar २१ माघ २०७७, बुधबार

सामसङको नयाँ ओलेड डिस्प्ले टेक्नोलोजी, दिनको उज्यालोमा पनि चम्किलो र सफा डिस्प्ले देखिने
Classic Tech

सामसङले दिनको उज्यालोमा पनि चम्किलो र सफा डिस्प्ले देखिने नयाँ प्रविधिसहितको ओलेड डिस्प्लेको प्रदर्शन गरेको छ।

नयाँ ओलेड डिस्प्लेले ग्लोबल सेफ्टी साइन्स कम्पनी, यूएलबाट उत्कृष्ट ‘सनलाईट भिजिबिलिटी’ को सर्टिफिकेट प्राप्त गरेको छ । यूएलले चर्को घाममा डिस्प्लेको भिजिबिलिटीमा प्रभाव पर्ने दुई वटा विषयको मूल्यांकन गरेको थियो, कलर गमुट र ब्राइटनेस । खुल्ला वातावरणमा सामसङको नयाँ ओलेडले कलर गमुट ७३ प्रतिशत डीसीआई–पी३ स्ट्यान्डर दिएको थियो भने अधिकतम ब्राइटनेस १५०० निट्सभन्दा धेरै छ ।

नयाँ ओलेडले एक प्रकारको अर्ग्यानिक मेटेरियलको प्रयोग गरिएको जसले ब्राइटनेस १५०० निट्सभन्दा धेरै दिन्छ । यसले बाहिरी भिजिबिलिटीलाई अझै बढाउँछ । यो नयाँ डिस्प्ले स्मार्टफोनको बाहिरी वातावरणमा डिस्प्लेको कालो प्रभाव पूर्ण रुपमा हटाउँछ । दिनको उज्यालो प्रकाशमा स्मार्टफोनको डिस्प्ले प्रष्टसँग देखिन्छ ।

सामसङले यस प्रक्रियाको बारेमा विस्तृत जानकारी दिँदै भनेको छ, ‘यो सम्भव छ किनकि डिस्प्लेले एक स्वामित्व प्रकास उत्सर्जक प्रक्रिया मार्फत कलरहरु चित्रण गरेर वाइड कलर गुमटलाई आत्मसाथ गर्छ ।’

यो डिस्प्ले सामसङ ग्यालेक्सी एस२१ अल्ट्रामा प्रयोग गरिएको छ ।

TK Viber

प्रकाशित: २१ माघ २०७७, बुधबार

Loading...