अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको सिइओ पद छोड्ने, एन्डी ज्यासी नयाँ सिइओ

Technology Khabar २१ माघ २०७७, बुधबार

अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको सिइओ पद छोड्ने, एन्डी ज्यासी नयाँ सिइओ
Classic Tech

विश्वकै सबैभन्दा धनी अमेरिकी अर्बपति तथा इकमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट राजीनामा दिने भएका छन्।

अमेजनका अनुसार बेजोसले आउँदो जुलाई १ देखि कम्पनीको कार्यकारी अध्यक्षको भूमिका निभाउने भएका हुन्। उनको स्थानमा हालका अमेजन वेब सर्भिसका प्रमुख एन्डी ज्यासी नयाँ सिइओ बन्ने भएका छन्।

बेजोसले २७ वर्षअघि अमेजन स्थापना गरेका थिए जसको बजार मूल्य हाल १७ खर्ब डलर पुगेको छ।

‘अमेजनका सीईओ हुनु गहन जिम्मेवारी हो, र यो उपयोगी पनि छ। जब तपाईलाई यस्तो जिम्मेवारी छ भने अरु कुनै पनि कुरामा ध्यान दिन गाह्रो छ,’ बेजोसले मंगलबार अमेजनका कर्मचारीहरुलाई लेखेको पत्रमा भने।

सिइओ छोडेपछि आफू अमेजनका साथसाथै अन्य कम्पनी तथा संस्थाहरु- डे १ फन्ड, द बेजोस अर्थ फन्ड, ब्लु ओरिजिन, द वासिङ्टन टाइम्स र आफ्ना रूचीका अन्य विषयमा केन्द्रीत हुने बेजोसले बताएका छन्।

मंगलबारमात्रै अमेजनले गत वर्षको आफ्नो आम्दानी घोषणा गरेको थियो। सन् २०२० मा अमेजनले अघिल्लो वर्षको भन्दा ३८ प्रतिशत बढी व्यापार गरेको छ भने २१ अर्ब डलर आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो झन्डै दोब्बर हो। पहिलोपटक यो त्रैमासमा १०० अर्ब डलर भन्दा धेरै बिक्री भएको कम्पनीले उल्लेख गरेको छ ।

बेजोसले सिइओ छोड्ने भनेपनि अमेजनको सेयरमा गिरावट आएको छैन।

सिइओ छोडे पनि बेजोस अमेजनका सबैभन्दा ठूला सेयर होल्डर भइरहने छन्। बेजोसले कोरोना भाइरसको महामारीबीच ७२ अर्ब डलर सम्पत्ति जोडेका थिए। हाल उनको सम्पत्ति १८७ अर्ब डलर छ।

बेजोसले सामाजिक सेवामा पनि योगदान गर्ने गरेका छन्। गत फेब्रुअरीमा उनले १० अर्ब डलर जलवायु परिवर्तन रोकथामका लागि दान दिएका थिए। नोभेम्बरमा उनले ८० करोड डलर पर्यावरणमा काम गर्नेवाला संस्थालाई दिएका थिए। ‍

उनको स्थानामा आउने अमेजन वेब सर्भिसका प्रमुख एन्डी ज्यासी हावर्डका विद्यार्थी हुन् । उनी सन् १९९७ मा अमेजनमा आबद्ध भएका थिए । उनले अमेजनको वेब सर्भिस विकास गर्न सहयोग गरेका थिए । जुन कम्पनीको दिर्घकालिन नाफाको आधार भएको छ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: २१ माघ २०७७, बुधबार

Loading...