एप्पलले लिमिटेड एडिसनको ब्ल्याक यूनिटी ‘एप्पल वाच ६’ ल्यायो

Technology Khabar २१ माघ २०७७, बुधबार

एप्पलले लिमिटेड एडिसनको ब्ल्याक यूनिटी ‘एप्पल वाच ६’ ल्यायो
Classic Tech

एप्पलले स्पेसल ब्ल्याक यूनिटी एप्पल वाच सिरिज ६ स्मार्टवाच बजारमा ल्याएको छ । लिमिटेड वाच ४० एमएम र ४४ एमएममा उपलब्ध छ ।

यो वाच ब्ल्याक, ग्रिन र रेड कलर सिलिकन स्ट्र्याप (बेल्ट) पान अफ्रिकी झण्डाबाट प्रेरित छ । ब्ल्याक यूनिटी एप्पल वाच ६ को मूल्य ४४ एमएमलाई ३९९ अमेरिकी डलर र ४४ एमएमको मूल्य ४९९ अमेरिकी डलर तोकिएको छ ।

हाल एप्पल वाच प्रयोग गरिरहेका उपभोक्ताले ४९ अमेरिकी डलरमा वाचको स्ट्र्याप मात्र पनि किन्न सक्नेछन् ।

TK Viber

प्रकाशित: २१ माघ २०७७, बुधबार

Loading...