कामना सेवा विकास बैंकले ल्यायो कन्टयाक्टलेस भिसा डेविट कार्ड

Technology Khabar २० माघ २०७७, मंगलवार

कामना सेवा विकास बैंकले ल्यायो कन्टयाक्टलेस भिसा डेविट कार्ड

काठमाडौं ।

कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ ।

नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।

यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ ।

हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: २० माघ २०७७, मंगलवार

ताजा समाचार