हिमालयन बैंकको मोबाईल बैंकिङ्ग सेवाबाट राजस्व भुक्तानी गर्न सकिने

Technology Khabar २० माघ २०७७, मंगलवार

हिमालयन बैंकको मोबाईल बैंकिङ्ग सेवाबाट राजस्व भुक्तानी गर्न सकिने

काठमाडौं ।

हिमालयन बैंकले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट माघ १९ गतेदेखि राजस्व भुक्तानी व्यवस्था सुचारु गरेको छ ।

उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस ९एनपिआई० मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गको एनपिआई मार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिले देखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आईपिएस मार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब एनपिआई मार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेको छ।

ग्राहकहरुले सम्बन्धित राजस्वको इबिपि नम्बरका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम एनपिआई मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुने बैंकले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २० माघ २०७७, मंगलवार

ताजा समाचार