१२ जीबी र्याम र डाइमेन्सिटी ११०० चिपसेटसहित भिभोको नयाँ स्मार्टफोन एस९ आउने

Technology Khabar २० माघ २०७७, मंगलवार

१२ जीबी र्याम र डाइमेन्सिटी ११०० चिपसेटसहित भिभोको नयाँ स्मार्टफोन एस९ आउने
Classic Tech

भिभो एस९ स्मार्टफोन डाइमेन्सिटी ११०० चिप सेटमा उपलब्ध हुने भएको छ । मिडियाटेक सार्वजनिक गरेको डाइमेन्सिटी ११०० चिपसेटमा आधारित पहिलो फोनको रुपमा यो आउनेछ ।

मिडियाटेकले दुई वटा ६एनएम चिप सेट घोषणा गरेको छ । यी दुई चिपसेट रेडमी के४० र भिभो एस९ मा प्रयोग हुन्छन् ।

नयाँ भिभो एस९ ६.४ इन्च स्क्रिनमा उपलब्ध हुनेछ । यो स्मार्टफोनमा स्ट्यान्डर्ड नोच हुनेछ र वाटरड्रप वा पञ्च होल हुनेछैन । भिभो एस९ मा डुअल सेल्फी क्यामरा हुनेछ । एउटा ४४ मेगापिक्सेल र अर्को ग्रुप सेल्फीका लागि अल्ट्रा वाईड एंगल सुटरको रुपमा रहनेछ ।

भिभो एस९ सम्भवत भी २०७२ ए फोन हो । जुन गुगल प्ले कन्सोलमा देखिएको थियो । यो फोन १२ जीबी र्याममा उपलब्ध हुनेछ ।

यसमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम हुनेछ । भिभो एस९ मा एमोलेड प्यानलमा देख्न सकिन्ने सम्भावना छ । एजेन्सी

TK Viber

प्रकाशित: २० माघ २०७७, मंगलवार

Loading...