Technology Khabar २० माघ २०७७, मंगलवार
ह्वावेबाट छुट्टिएको कम्पनी अनरका प्रमुख झाओ मिङले भर्खरको एक अन्तरवार्तामा ह्वावेको प्रतिबन्धले अनरको ब्यापारमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।
कम्पनीको यो वर्षको लक्ष्य भनेको फ्ल्यागसिप स्मार्टफोन सार्वजनिक गर्ने हो, जसले एप्पल र ह्वावेसँग प्रतिस्पर्धा गर्नेछ । अनरले पूर्व मुल कम्पनी ह्वावेको जस्तो अवस्था नहुने बताएको छ। जसका कारण अमेरिकी सरकारको ध्यान अनर प्रति आकर्षित हुनेछैन ।
उनी आफ्नो प्रतिस्पर्धीलाई पछि पार्नेमा आशावादी देखिन्छन् । र कम्पनीले पूर्व मूख्य कम्पनी ह्वावे सहित एप्पलभन्दा राम्रो व्यापार गर्ने बताएका छन्।
कम्पनीले हालै अनर भी४० को घोषणा गरिसकेको छ । कम्पनीले फ्ल्यागसिप अनर ४० स्मार्टफोन र नयाँ अनर म्याजिक फोन सिरिज पनि ल्याउने तयारीमा जुटेको छ । कम्पनीले छिट्टै ग्लोबल भर्सनको अनर भी४० को घोषणा गर्नेछ । यसमा गुगल सर्भिस उपलब्ध हुनेछ।
सन् २०१९ मे देखि अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएको छ । सोहि समयदेखि ह्वावेका फोनमा गुगल प्ले सर्भिस सञ्चालनमा छैनन् । यो प्रतिबन्ध तत्लकालिन समयमा अनरमाथि पनि लागु थियो । तत्कालिन समयमा अनर ह्वावेको सब ब्रान्डको रुपमा थियो ।
अनरको प्राथमिकतामा फ्ल्यागसिप स्मार्टफोन रहेको छ । तर कम्पनी मिडरेन्ज र इन्ट्री लेभल स्मार्टफोनलाई पनि सँगसँगै लग्न चाहान्छ । अनरको लागि यूरोप महत्वपूर्ण बजार हुनेछ । यूरोपमा अनरको व्यवसाय बढ्नेमा कम्पनीका प्रमुख विश्वस्त छन् । एजेन्सी
प्रकाशित: २० माघ २०७७, मंगलवार