एप्पलको आगामी आईफोन १३ प्रोको स्टोरेज १ टेराबाइट हुने, यस्तो हुनेछ बजार मूल्य

Technology Khabar २० माघ २०७७, मंगलवार

एप्पलको आगामी आईफोन १३ प्रोको स्टोरेज १ टेराबाइट हुने, यस्तो हुनेछ बजार मूल्य

काठमाडौं ।

एप्पलको आगामी आईफोनको बारेमा निकै जानकारीहरु आईरहेका छन् । दैनिकजसो आउने रिपोर्टले फोनको विशेषतादेखि नाम सम्मको बारेमा अनुमान लगाएका छन् ।

हालै आएको एक रिर्पोटका अनुसार आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स १ टेराबाइट भर्सनमा उपलब्ध हुनेछ । यसमा भिडियो खिच्नका लागि ८के एचडीआर ४५एफपीएस हुनेछ । आईफोन १२ प्रोको अधिकतम स्टोरेज क्षमता ५१२ जीबी थियो ।

तर आउँदो आईफोनका स्टोरेज क्षमता १ टेराबाइट हुने चर्चा छ । यो एप्पलको इतिहासमै सबैभन्दा ठूलो स्टोरेज ग्याप हो । आईफोन १२ सिरिजको तल्लो फोनमा जम्मा १२८ जीबी स्टोरेज छ। आईफोन १३ सिरिजको तल्लो स्टोरेज कति हुन्छ भन्ने हेर्न बाँकी नै छ ।

जोन प्रोसरका अनुसार उनका स्रोतले आउँदो आईफोनको क्याड फाईलहरु देखेका छन् । उनी दाबी गर्छन आईफोन १३ सिरिजका प्रोटोटाइप नोज न्यारो नभई छोटो हुनेछ । उनका अनुसार आईफोन १३ सिरिज आईफोन १२ सिरिजकै जस्तै ४ मोडलमा उपलब्ध हुनेछ ।

मूल्य

रिर्पोटका अनुसार आईफोन १३ सिरिजको मूल्य अनुमान गर्न सकिन्छ । आईफोन १२ सिरिजको उदारण लिँदा १२८ जीबीको आईफोन १२ प्रोको मूल्य ९९९ अमेरिकी डलर छ । यस्तै २५६ जीबीको मूल्य १०९९ अमेरिकी डलर र ५१२ जीबीको मूल्य १२९९ अमेरिकी डर छ । १२८ जीबी मेमोरी बढ्दा आईफोनको मूल्य करिब १०० अमेरिकी डलरले बढेको छ ।

यसलाई आधार लिँदा आईफोन १३ सिरिजको १ टेराबाईटको मूल्य १,६९९ अमेरिकी डलर हुनेछ । भने आईफोन १३ प्रोको मूल्य २,१६५ अमेरिकी डलर हुने अनुमान गर्न सकिन्छ ।

यसअघिदेखि नै कम्पनीले आईफोन १३ नाम दिन्छ वा आईफोन १२ एस नाममा फोन ल्याउँछ भन्ने चर्चा हुँदै आएको छ ।

easy care

प्रकाशित: २० माघ २०७७, मंगलवार

ताजा समाचार