पोको एक्स ३ एनएफसीको नयाँ अपग्रेड भर्सन आउँदै, एफसीसी प्रमाणीकरण प्राप्त

Technology Khabar २० माघ २०७७, मंगलवार

पोको एक्स ३ एनएफसीको नयाँ अपग्रेड भर्सन आउँदै, एफसीसी प्रमाणीकरण प्राप्त
Classic Tech

पोको एक्स ३ एनएफसीको नयाँ अपग्रेड आउने भएको छ । हालै पोको एक्स एनएफसी प्रोले एफसीसी प्रमाणीकरण प्राप्त गरेसँगै यो डिभाइस आधिकारिकरुपमा लन्च चाँडै हुने संकेत गर्दछ।

प्रमाणीकरणले देखाउँदछ कि यो उपकरण मोडल संख्या M2102J20SG को साथ आउँदछ। यसले पोको एक्स एनएफसी प्रो आईयूआई १२ अपरेटिङ्ग प्रणालीसहित आउनेछ भनेर देखाउँदछ। सेप्टेम्बर २०२० मा, शाओमीले आधिकारिक रूपमा १९९ यूरो मूल्य ट्यागको साथ पोको एक्स ३ (६ जीबी र्याम र ६४ जीबी स्टोरेज) सहित अनावरण गरेको थियो।

नेपाली बजारमा समेत पोको एक्स ३ एनएफसी उपलब्ध छ । कम्पनीले नेपालमा गएको पुसको शुरुवातमा सो फोन लन्च गरेको थियो । जसको बजार मूल्य ३१,९९९ रुपैयाँ तोकिएको छ ।

पोको एक्स ३ एज-टु-एज ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्लेको साथ १२० हर्ज रिफ्रेस रेट र २४० हर्ज स्याम्प्लिंग रेट सहित आउँदछ । यो क्वालकम स्न्यापड्रागन ७३२जी प्रोसेसरको साथ आएको पहिलो स्मार्टफोन हो।

अब भने यही फोनको अपग्रेड भर्सन आउन लागेको हो । हालसम्म नयाँ फोनको फिचरहरुको बारेमा जानकारी आएको छैन् ।

तर शाओमीले यसमा क्यामरा र चिपसेट अपग्रेड गर्न सक्नेछ । यसमा हालको ७ सिरिज भन्दा पावरफुल ८ सिरिजको चिपसेट दिनसक्ने अनुमान गरिएको छ ।

TK Viber

प्रकाशित: २० माघ २०७७, मंगलवार

Loading...