मुक्तिनाथ विकास बैंक र भुक्तानी सेवा ‘वीच्याट-पे’ बीच साझेदारी

Technology Khabar १९ माघ २०७७, सोमबार

मुक्तिनाथ विकास बैंक र भुक्तानी सेवा ‘वीच्याट-पे’ बीच साझेदारी
Classic Tech

मुक्तिनाथ विकास बैंकले भुक्तानी सेवा ‘वीच्याट-पे’ सँग साझेदारी गरेको छ।

उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे।

सम्झौतापछि वीच्याट-पे मोवाईल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

वीच्याट-पे मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक वा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट-पे मार्फत भुक्तानी गर्न सक्नेछन्।

TK Viber

प्रकाशित: १९ माघ २०७७, सोमबार

Loading...