मिडियाटेक एप्पलको आपूर्ति श्रृंखलामा, बीट्स हेडसेटको लागि चिप उपलब्ध गराउने

Technology Khabar १९ माघ २०७७, सोमबार

मिडियाटेक एप्पलको आपूर्ति श्रृंखलामा, बीट्स हेडसेटको लागि चिप उपलब्ध गराउने

काठमाडौं ।

सन् २०२० मा डाइमेन्सिटी चिप्सको उत्कृष्ट प्रदर्शनको साथ मिडियाटेकले क्वालकमलाई हरायो र स्मार्टफोन चिप बजारको सबैभन्दा ठूलो आपूर्तिकर्ता भएको छ ।

यसले टेक्नोलोजी जायन्ट एप्पलको ध्यानाकर्षण पनि गरेको छ। र अब मीडियाटेक एप्पलको आपूर्ति श्रृंखलामा प्रवेश गरिसकेको रिपोर्ट आएको छ ।

कम्पनीले आधिकारिकरूपमा फेब्रुअरी र मार्चमा शिपिंग गर्न सुरु गर्ने गिगचाइनाले जनाएको छ।

मिडियाटेक एप्पलको आपूर्ति श्रृंखला प्रवेश गरेको यो पहिलो पटक हो। साथै एप्पलले आफ्नो हेडसेट उत्पादनहरुमा विदेशी चिप्स ल्याएको पनि पहिलो पटक हो।

एप्पलले आधिकारिक रूपमा आईफोन १२ श्रृंखलाका लागि प्याकेजमा समावेश ईयरफोनहरू रद्द गरेको थियो। रिपोर्टअनुसार कुपर्टिनो कम्पनीले अर्को प्रेस सम्मेलनमा सस्तो ‘बीट्स फ्लेक्स’ ईयरफोन ल्याउनेछ, जसको मूल्य ४९.९९ अमेरिकी डलरमा मात्र हुनेछ।

एप्पलले यसमार्फत अधिक आईफोन प्रयोगकर्ताहरूलाई वायरलेस हेडफोन किन्नको लागि आकर्षित गर्नेछ।

हालको आईफोन शिपमेन्ट प्रति वर्ष २०० मिलियन युनिट भन्दा भएको छर यो बीट्स हेडसेट उत्पादनहरूका लागि बजारमा ठूलो अवसर हुने रिपोर्टमाबताईएको छ। अर्को शब्दमा, एप्पलको आपूर्ति श्रृंखला कम्पनीहरूकाअनुसार मिडियाटेकले यसबा६ धेरै राजस्व पनि प्राप्त गर्नेछ।

मिडियाटेकले एप्पलको लागि आफ्नाो सब्सिडरी कम्पनीमार्फत नयाँ चिपसेट प्रदान गर्नेछ ।

easy care

प्रकाशित: १९ माघ २०७७, सोमबार