Technology Khabar १९ माघ २०७७, सोमबार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
यसका साथै नतिजा एसएमएस गरेर समेत हेर्न सकिनेछ । यसका लागि NEB<Space>Symbol No. टाइप गरी १६०० मा एसएमएस पठाउनुपर्ने हुन्छ ।
त्यस्तै नेपाल टेलिकमको आईभिआर सेवाअन्तरगत १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।
कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।
प्रकाशित: १९ माघ २०७७, सोमबार