ब्रोडवे इन्फोसिस नेपालले पायो ‘बेस्ट आइटी लर्निङ सेन्टर’ को अन्तर्राष्ट्रिय अवार्ड

Technology Khabar १८ माघ २०७७, आईतवार

ब्रोडवे इन्फोसिस नेपालले पायो ‘बेस्ट आइटी लर्निङ सेन्टर’ को अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं ।

ब्रोडवे इन्फोसिस नेपालले नेपालको बेस्ट आइटी लर्निङ सेन्टरको रुपमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

बेलायतको चर्चित विजनेस म्यागेजिन एपाक इन्साइडरले हरेक वर्ष प्रदान गर्दैं आएको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड यस वर्ष नेपालमा ब्रोडवे इन्फोसिस नेपालले पाउन सफल भएको हो ।

‘हामीले अन्तराष्ट्रिय स्तरको सम्मान पाएका छौं । यो सम्मानले हामीलाई अझै कडा मेहनत गर्न र राम्रो नतिजा निकाल्न प्रेरणा गर्नेछ’ ब्रोडवे इन्फोसिसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजु अधिकारीले भने ।

ब्रोडेवे इन्फोसिस आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त संस्था हो । कम्पनीले अनुभवी प्रशिक्षकहरुबाट प्रोग्रामिङ, डिजिटल मार्केटिङ, नेटवर्किङ लगायत आइटीका कोर्षहरु सञ्चालन गर्दै आएको जनाएको छ।

Sajilo Visa

प्रकाशित: १८ माघ २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार