बैंक अफ काठमाडौंका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा १ सय रूपैयाँ बोनस

Technology Khabar १७ माघ २०७७, शनिबार

बैंक अफ काठमाडौंका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा १ सय रूपैयाँ बोनस

काठमाडौं ।

बैंक अफ काठमाडौंका ग्राहकले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्नसकिने छ।

ग्राहकले बैंक अफ काठमाडौंको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने छन् । यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने कम्पनीले जनाएको छ।

बैंक अफ काठमाडौं खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिंग सुविधा भने लिएको हुनुपर्छ ।

बैंक अफ काठमाडौंमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु नपर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

easy care

प्रकाशित: १७ माघ २०७७, शनिबार

ताजा समाचार