अन्तराष्ट्रिय प्रयासमा ‘विश्वको सबैभन्दा खतरनाक’ कम्प्युटर भाइरस नेटवर्क बन्द

Technology Khabar १७ माघ २०७७, शनिबार

अन्तराष्ट्रिय प्रयासमा ‘विश्वको सबैभन्दा खतरनाक’ कम्प्युटर भाइरस नेटवर्क बन्द
Classic Tech

विश्वका कयौं देशका प्रहरीहरुको सहयोगमा संसारको खतरनाकमध्येको कम्प्युटर भाइरस बन्द गरिएको छ।

‘इमोटेट’ नामक खतरनाक मालवेयर नेटवर्क कयौँ देशका कानून पालक नियामकहरुको प्रयासले बन्द गरिएको सिएनएनले उल्लेख गरेको छ ।

‘इमोटेट’ मालवेयर एउटा सफ्टवेयर हो जुन कम्प्यूटर सर्भर, क्लाइन्ट, वा कम्प्युटर नेटवर्कमा क्षति पुर्याउन डिजाइन गरिएको हुन्छ। यो मालवेयर इमेलमा एट्याच गरिएको डकुमेन्टमार्फत आउने गरेको थियो र प्रयोगकर्ताहरुको कम्प्युटरमा पहुँच पाउने गरेको थियो ।

यूरोपियन प्रहरी एजेन्सी यूरोपोलले बुधबार सार्वजनिक गरेको एक विज्ञप्ति अनुसार इमोटेटले इन्भोइस, सिपिङको सूचना र कोभिडको जानकारी दिने नाममा आउने खराब इमेल मार्फत् प्रयोगकर्ताको कम्प्यूटरमा पहुँच प्राप्त गर्छ।

‘इमोटेट इन्फ्रास्ट्रक्चरले अनिवार्य रूपमा एक वैश्विक स्तरमा कम्प्युटर प्रणालीहरूको लागि प्राथमिक ढोका खोल्ने रूपमा कार्य गर्‍यो,’ यूरोपोलले भन्यो, ‘एक पटक यो अनधिकृत पहुँच स्थापित भएपछि, यी डाटा चोरी र चन्दा जस्ता थप अवैध गतिविधिहरू प्रयोग गर्न अन्य शीर्ष स्तरीय आपराधिक समूहहरूलाई बेचिन्थ्यो।’

इमोटेट नेटवर्कको संसारभर सयौँ सर्भर रहेको र अहिलेसम्म यसले लाखौँ कम्प्यूटरहरु ह्याक गरिसकेको छ।

यस्तो खतरनाक नेटवर्कलाई नियन्त्रणमा लिएर बन्द गर्न विश्वव्यापी रुपमा आठ वटा देश जुटेको थियो। जसमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, नेदरल्याण्ड पनि रहेको छ। तर यसमा सयौं कम्प्युटरहरु सर्भरको रुपमा विभिन्न देशहरुमा रहेका थिए ।

डच प्रहरीले गरेको अनुसन्धानको क्रममा इमोटेटद्वारा चोरिएका इमेल ठेगानाहरु, पासवर्ड र प्रयोगकर्ताको नामहरुको डाटा ल्याएर त्यही आधारमा सो नेटवर्क बन्द गरेको हो।

अमेरिकि साइबर सेक्यूरिटी एण्ड इन्फ्रास्ट्रक्चरकाअनुसार गत वर्षदेखि मालवेयर नेटवर्कहरुका गतिविधि धेरै बढेको थियो। ती नेटवर्कले मुख्यगरी राज्य र स्थानीय सरकारका इमेललाई लक्षित गर्ने गरेको अमेरिकी साइबर सेक्यूरिटी एण्ड इन्फ्रास्ट्रक्चरले बताएको छ।

यूरोपियन प्रहरी एजेन्सी यूरोपोलले संसारभरका प्रयोगकर्तालाई आफ्नो उपकरणमा एन्टिभाइरस अपडेट गर्न र मालवेयर आक्रमणको शिकार हुनबाट बच्न अझ बढी सावधानी अपनाउन आग्रह गरेको छ।

यूरोपोलले भनेको छ, ‘प्रयोगकर्ताले ध्यानपूर्वक आफूलाई आउने इमेल जाँच गर्नुपर्छ र अज्ञात नामबाट आएका मेलहरु खोल्नु हुँदैन।’

TK Viber

प्रकाशित: १७ माघ २०७७, शनिबार

Loading...