रोबोटका कारण मानिसको रोजगारी खतरामा

Technology Khabar १७ माघ २०७७, शनिबार

रोबोटका कारण मानिसको रोजगारी खतरामा
सांकेतिक तस्विर

काठमाडौं ।

संसारभर प्रविधिको विकास तीब्रगतिमा भइरहेको छ । रोबोट तथा स्मार्ट डिभाइसले मानिसको काम सहज भइरहेको छ । मेसिन तथा रोबोटको बढ्दो प्रयोगका कारण मानिसले समस्या पनि भोग्नु परेको छ । अहिले धेरै स्थानमा मानिसको ठाउँमा रोबोट तथा प्रविधिका माध्यमबाट काम लिन सुरु गरिएकोक छ ।

यस्तोमा मानिसको जागिर कटौती भइरहेको छ । मान्छेले गर्ने काम मेसिनले गरिरहेहको छ । केहि विशेषज्ञका अनुसार आगामी केहि वर्षमा मानिसले गर्ने हरेक काम रोबोटबाट गरिनेछ । यसले मानिसको रोजगारी कटौती हुने खतरा छ ।

हाल साथै अमेरिकाको वालमार्टले पनि आफ्नो काम रोबोटको सहयोगबाट गर्ने घोषणा गरिसकेको छ । वालमार्टले मानिसबाट हुने काम रोबोटबाट लिन खोजेको हो ।

चीन लगायत यूरोपियन तथा अमेरिकामा ड्रोनका माध्यमबाट सामानहरु होम डिलेभरी पनि सुरु गरि सकिएको छ। यसले भविश्यमा मानिसहरुले गर्ने काम रोबोटले खोस्न सक्ने अनुमान गरिएको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: १७ माघ २०७७, शनिबार

ताजा समाचार