Technology Khabar १६ माघ २०७७, शुक्रबार
हरेक दिन प्रविधिको क्षेत्रमा नयाँ नयाँ आविष्कार हुँदै आएको छ । शाओमीले भर्खरै वायरलेस चार्जिङमा क्रान्तिकारी नवीनताको घोषणा गरेको छ। शाओमीले एमआई एयर चार्ज टेक्नोलोजी सार्वजनिक गरेको छ ।
एमआई एयर चार्ज घरको कुनै एक कुनामा बसेर बिना तार चार्ज गर्न सकिन्छ । हिड्दै, गेम खेल्दै, सुत्दै आफ्नो डिभाइस चार्जिङ सर्किट बिना चार्ज गर्न सकिन्छ । यसका लागि कुनै तार वा वायरलेस चार्जिङ स्ट्यान्डको आवश्यक पर्दैन ।
कम्पनीले हालै आफ्नो ट्विटर एकाउन्टबाट यसको बारेमा जानकारी दिएको छ । तर यसको मूल्य कति हुनेछ र बजारमा उपलब्धताको बारेमा भने कुनै जानकारी छैन् ।
We're excited to bring you the remote charging technology – Mi Air Charge Technology! Charge multiple devices simultaneously while you're gaming, walking around or even when something's in the way, no strings attached. Another giant leap forward in wireless charging technology! pic.twitter.com/wEoB10wOQ2
— Xiaomi (@Xiaomi) January 29, 2021
यो प्रविधिले कसरी काम गर्छ
धेरैको मनमा उब्जिने प्रश्न हो यो । यसका लागि कम्पनीले विशेष प्रकारको चार्जिङ पाइल निर्माण गरेको छ । यसमा फाइभ फेज इन बिल्ट इन्टरफेस एन्टेना छ । यो एन्टेनाले स्मार्टफोनको लोकेसन पत्ता लगाउँछ ।
फोनमा पावर पुर्याउन शाओमीले ११४ एन्टेना एन्टेनाको फेज नियन्त्रण एरे पनि समावेस गरेको छ । यी अन्य एन्टेनाले त्यसपछि स्मार्टफोनमा बीमफर्मीङ मार्फत मिलिमिटर–वाइड वेब प्रसारित गर्छ । यसका साथै ‘इनविल्ट बिकन एन्टेना’ र एन्टेना एरे प्राप्त गर्नका लागि ‘सानो एन्टेना एरे’ पनि छ ।
फाइभ फेज इन बिल्ट एन्टेनाले फोनको स्थानको बारेमा जानकारी दिन्छ । अर्को १४ एन्टेनाले चार्जिङ पाइलका लागि मिलिमीटर वेब संकेतलाई इलेक्ट्रिक ऊर्जामा रुपान्तरण गर्दछन् । यी प्रक्रियाका माध्यमबाट चार्जका लागि रेक्टिफायर सर्किट प्राप्त हुन्छ ।
कत्तिको सुरक्षित छ
तर यो प्रविधि कत्तिको सुरक्षित छ भन्ने प्रश्न समेत उब्जिएको छ । यदि यो सुरक्षित नभएको भए शाओमीले पक्कैपनि ल्याउने थिएन् । यसले केबल ५ वाटको चार्ज उत्पन्न गर्दछ र यसले छोटो समयको लागि कुनै असर नगर्ने बताईएको छ । तर दिर्घकालका लागि भने के असर र प्रभाव हुन्छ भनेर अहिले नै भन्न सकिँदैन् । यसको ५ वाटको आउटपुट चार्ज मात्र हुने हुँदा यसले हाल कडा असर पार्दैन् ।
अर्को महत्वपूर्ण विषय भनेको यसले कुनैपनि भौतिक अवरोध आएपनि तपाईँको फोनलाई निरन्तर चार्ज गर्न सक्दछ । यो प्रविधि हाल स्मार्टफोनहरुका लागि मात्र उपलब्ध छ ।
प्रकाशित: १६ माघ २०७७, शुक्रबार