अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपणको विषयमा विश्वकै दुई धनाढ्य व्यक्तिहरु प्रतिस्पर्धामा

Technology Khabar १६ माघ २०७७, शुक्रबार

अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपणको विषयमा विश्वकै दुई धनाढ्य व्यक्तिहरु प्रतिस्पर्धामा

काठमाडौं ।

अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपणको विषयमा संसारकै सबैभन्दा धनी व्यक्तिहरु विवादमा मुछिएका छन् । ती व्यक्ति हुन्, अमेजनका संस्थापक जेफ बेजोस र टेस्लाका संस्थापक एलन मस्क।

दुवै ठूलो संख्यामा अन्तरिक्षमा स्याटेलाईट प्रक्षेपण गर्न चाहान्छन् । यस्तोमा दुबैबीच सामाजिक सञ्जालमा नै अन्तरिक्षमा कस्ले कब्जा गर्ने भनेर लडाई सुरु भएको छ ।

मस्कले सामाजिक सञ्चालनमा स्पेसएक्सका माध्यमबाट अमेजनको आलोचना गरेका छन् । मस्कले बेजोसको कम्पनीले स्टारलिंकको रणनीतिको बारेमा गलत प्रचार गरेको आरोप लगाएका छन् । स्टारलिंक एक स्याटेलाइट इन्टरनेट कन्स्टलेसन कम्पनी हो । यसलाई स्पेसएक्सले सञ्चालन गर्छ ।

विवाद के हो

स्पेसएक्सका डाइरेक्टर डेभिड गोल्डम्यानले अघिल्लो हप्ता अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी)सँग स्टारलिंक स्याटेलाईट अन्तरिक्षको तल्लो भागमा अपरेट गर्नका लागि अनुमति मागेका थिए ।

अमेजनको स्पेस कम्पनी ब्लू ओरेजन छ । ब्लू ओरेजनले आफ्नो स्याटेलाईट ५९० किमिको उचाईमा स्थापित गर्ने योजना बनाएको छ। मस्कको स्पेसएक्सले ५४० देखि ५७० किमि उचाईमा स्याटेलाईट राख्न अनुमति पाईसकेको छ । यस्तोमा दुबै कम्पनीहरुबिच कुन स्थानमा स्याटेलाइट राख्ने भनेर विवाद भएको हो ।

अमेजनको आरोप छ कि यस उचाईमा स्पेसएक्सको स्याट‍ेलाइटले अमेजन र अर्को कूइपर प्रोजेक्ट र अन्य स्याटेलाइट सिंगलमा क्षति पुर्याउनेछ । तर स्पेसएक्स यो मान्न तयार छैन ।

अमेजनको स्याटेलाईट पनि अन्तरिक्षमा इन्टरनेट सेवा दिनका लागि डिजाइन गरिएको हो ।

ब्लूमबर्गका रिर्पोटकाअनुसार यो विवाद छताछुल्ल हुनेगरी बाहिरिएको छ । दुबै धनाढ्य अन्तरिक्षमा आफ्नो एकाधिकार कायम राख्न चाहान्छन् ।

अमेजनले सन् २०२१ जनवरी २६ मा सामाजिक सञ्जालमा लेखेको थियो कि स्पेसएक्सको प्रस्तावित उचाई परिवर्तन गर्न आवश्यक छ । यसले अन्य प्रतिस्पर्धी स्याटेलाइट कम्पनीलाई हानी पुर्याउँछ ।

अमेजनलाई जवाफ दिँदै मस्कले सामाजिक सञ्जालमा भनेका थिए । अमेजनको प्रस्ताव उपभोक्ताको हितमा छैन । स्पेसएक्सको कुनै पनि स्याटेलाईट सार्न हुँदैन किनकी अमेजनको सिस्टम संचालनको लागि लामो समय बाँकी छ ।

स्पेसएक्ससँग एक हजार स्याटेलाइट

स्पेसएक्सले एफसीसीबाट ३२३६ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गर्ने अनुमति प्राप्त गरिसकेको छ । हालसम्म स्पेसएक्सले एक हजार स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ । यसबाट यूरोप र उत्तर अमेरिकाका उपभोक्ताले इन्टरनेट सेवा पनि लिन सुरु गरिसकेका छन् ।

जेफको कम्पनीले हालसम्म एउटा पनि स्याटेलाइट अन्तरिक्षमा पठाएको छैन ।

केहि दिनअघि मात्र मस्कको कम्पनी स्पेसएक्सले स्याटेलाइट प्रक्षेपणको क्षेत्रमा समेत नयाँ कीर्तिमान कायम गरेको छ ।

स्पेसएक्सको फाल्कन नाइन रकेटमा हालेर एकैसाथ १४३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको हो । गएको आइतबार भएको उक्त प्रक्षेपण एकसाथ सबैभन्दा धेरै स्याटेलाइट प्रक्षेपणको गर्ने रेकर्ड भएको बताइएको छ ।

ट्रान्सपोर्टर वान नामक उक्त मिसनमा स्पेसएक्सको स्टारलिंक इन्टरनेट नेटवर्कका १० वटा स्याटेलाइट छन् । त्यस्तै अन्य स्याटेलाइटहरु विभिन्न कम्पनीका रहेका छन् ।

यसअघि एकसाथ सर्वाधिक रकेट प्रक्षेपणको कीर्तिमान पीएसएलभी नामक भारतीय रकेटको नाममा थियो । उक्त रकेटबाट सन् २०१७ मा एकसाथ १०४ वटा स्याटेलाइट प्रक्षेपण गरिएको थियो । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: १६ माघ २०७७, शुक्रबार

ताजा समाचार