Technology Khabar १६ माघ २०७७, शुक्रबार
बल्खु तरकारी बजारमा अब एनएमबीको क्युआर कोडबाटै कारोबार हुने भएको छ।
नगदरहित भुक्तानीलाई प्रवर्धन गर्ने उद्देश्यले यस्तो कारोबार गर्न लागिएको बैंकले बताएको छ। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उक्त कार्यक्रममको उद्घाटन गरिएको हो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानीको बहुआयामिक फाइदा भएको भन्दै यो नगद बोक्न नपर्ने अवस्थासँग मात्रै सम्बन्धित नरहेको बताए । डिजिटल भुक्तानी गर्दा झन्झट हट्ने, हराउने वा चोरिने डर नहुने मात्रै नभएर बैंकलाई ग्राहकको कारोबार सम्बन्धि तथ्यांक संकलनको लागि समेत सहयोगी हुने उनको भनाई थियो।
बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एनएमबि बैंकले पछिल्ला वर्षहरुमा डिजिटाइजेसन र डिजिटल पेमेन्टमा ठूलो लगानी गरेको उनले एनएमबि बैंकले नेपालमा पहिलोपटक भाइबरमार्फत् अनलाइन खाता खोल्ने व्यवस्था गरेको तथा वित्तीय क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स प्रयोग गर्ने पहिलो भएको बताए ।
उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि व्यवसायीहरुको उपस्थिति थियो।
प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरे।
बैंकले साना तथा मझौला उद्यमीलाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ। क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ।
प्रकाशित: १६ माघ २०७७, शुक्रबार