ट्विटरले शैक्षिक अनुसन्धानकर्ताका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने

Technology Khabar १५ माघ २०७७, बिहीबार

ट्विटरले शैक्षिक अनुसन्धानकर्ताका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने

काठमाडौं ।

ट्विटरले शैक्षिक अनुसन्धानकर्ताका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने भएको छ । ट्विटर प्रयोगकर्ताको आचरण अध्ययन गर्न तेस्रो पक्षलाई शैक्षिक अनुसन्धानका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने भएको हो ।

ट्विटरले भनेको छ कि अब अनुसन्धानकर्ताले प्रिमियम वा इन्टरप्राइजले ट्विटरको अर्काइभका लागि भुक्तानी गर्नुपदैन । बरु कम्पनीले सार्वजनिक वार्तालाभको पूर्ण विवरण राख्नेछ । यो अर्काइभ रिसर्चका लागि प्रयोग गरिनेछ । यसलाई नयाँ शैक्षिक अनुसन्धानले प्रयोग गर्न पाउँनेछन् ।

यो परियोजनालाई कम्पनीले एप्लीकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सुधारको रुपमा लिएको छ । यसबाट अनुसन्धानकर्ताले आवश्यक डाटा पाउनेछन् ।

ट्विटरले केहि समय अघि आफ्नो सुधार गरिएको एपीआई सार्वजनिक गरको थियो । यसले डेभलपर र अनुसन्धानकर्तालाई सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ ।

easy care

प्रकाशित: १५ माघ २०७७, बिहीबार