दश लाख यूनिट बिक्यो पोको एम२ स्मार्टफोन भारतीय बजारमा

Technology Khabar १५ माघ २०७७, बिहीबार

दश लाख यूनिट बिक्यो पोको एम२ स्मार्टफोन भारतीय बजारमा

काठमाडौं ।

पोकोले सन् २०१८ मा पोको एफ१ सार्वजनिक गरेर स्मार्टफोन बजारमा तहल्का मच्चाएको थियो । पोकोले उक्त वर्ष फ्ल्यागसिप एसओसी, स्न्यापड्रागन ८४५ लाई सस्तो मूल्यमा बजारमा उतारेको थियो ।

सन् २०१९ मा पोको ब्रान्ड नयाँ स्मार्टफोन बजारमा देखिएको थिएन् । सन् २०२० बाट शाओमीबाट अलग भएको थियो । यसले पनि पोको नयाँ फोन बजारमा आउने केहि ढलाई गरेको थियो । पोको एक्स३ र पोको एम३ सार्वजनिक गरेपछि कम्पनीको व्यापारमा सुधार देखिन थालेको छ ।

विवादास्पद रणनीतिका बाबजुत पोको फोनले भारतमा राम्रो बजार लिएको छ । केहि समय अघि पोकोले भारतमा एक मिलियन युनिट इन्ट्री लेभलको पोको सी३ बिक्री गरेको घोषणा गरेको थियो । हाल कम्पनीले पोको एम२ मा पनि यो उपलब्धि हासिल गरेको छ ।

पोको एम२ भारतमा सन् २०२० को मध्यमा सार्वजनिक गरिएको थियो । यो मूलत रेडमी ९ नै थियो जुन केहि डिजाइन परिवर्तन गरिएर बजारमा ल्याइएको थियो । यसमा त्यही डुअल टोन डिजाइन छ जुन पोको एम२ र रेडमी नो ९ प्रोमा रहेको थियो । फ्लिपकार्टमा मात्र खरिद गर्न सकिने लो–इन्डको स्मार्टफोनका लागि यो एउटा महत्वपूर्ण माइलस्टोन हो ।

पोको एम२ को विषेशता

अक्टाकोर प्रोसेसर, क्वाड रियर क्यामरा, र ठूलो ब्याट्री जस्ता सुविधाहरू फोनमा प्रदान गरिएको छ । फोनमा २ र्याम विकल्प र तीन कलर भेरियन्टको साथ उपलब्ध छ ।

फोनको ६ जीबी र्याम र ६४ जीबी आन्तरिक भण्डारण तथा ८ जीबी र्याम र ६ जीबी १२८ आन्तरिक भण्डारण संस्करणको विकल्प छ ।

पोको एम २ मा ६.५२ इन्च फुल एचडी प्लस डिस्प्ले छ । स्क्रिनको सुरक्षाका लागि कर्निंग गोरिल्ला ग्लास ३ फोनमा प्रयोग गरिएको छ । फोनमा २.० गीगाहर्ज मिडियाटेक हेलियो जी८० प्रोसेसर राखिएको छ ।

फोन एन्ड्रोइड १० मा आधारित एमआईयूआईमा काम गर्दछ । क्यामेराको बारेमा कुरा गर्दा पोको एम २ सँग क्वाड रियर क्यामरा सेटअप छ । यसमा १३ मेगापिक्सलको प्राइमरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्स, ५ मेगापिक्सल म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर छ । सेल्फीका लागि फोनको अगाडि ८ मेगापिक्सलको क्यामरा प्रदान गरिएको छ ।

पावरका लागि, ५,००० एमएएच ब्याट्री पोको एम २ मा प्रदान गरीएको छ । कम्पनीले सिंगल चार्जमा ब्याट्री २ दिनसम्म चल्ने दाबी गरेको छ । फोन ब्याट्री १८ वाटको फास्ट चार्जिंग सपोर्टमा उपलब्ध छ । जडान फोनमा आईआर ब्लास्टर, ब्लुटुथ ५.०, ३.५ एमएम अडियो ज्याक र अल्ट्रा लाइनियर स्पिकर लगायत सुविधा छन् । एजेन्सी

easy care

प्रकाशित: १५ माघ २०७७, बिहीबार