वर्ल्डलिंक कम्युनिकेसन्सले देशभर १४ वटा डाटा सेन्टर स्थापना गर्ने

Technology Khabar १५ माघ २०७७, बिहीबार

वर्ल्डलिंक कम्युनिकेसन्सले देशभर १४ वटा डाटा सेन्टर स्थापना गर्ने
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको कार्यालय जावलाखेलमा रहेको कम्पनीको लोगो र स्लोगन । फाइल
Classic Tech

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नै लगानीमा देशभर डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले देशका १४ स्थानहरुमा डाटा सेन्सर बनाउने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका सीईओ केशव नेपालले आगामी १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने कुराको निर्धारण डाटा सेन्टरले गर्ने जनाए ।

१४ डाटासेन्टरमध्ये काठमाडौंको डाटा सेन्टर सबैभन्दा ठूलो र महत्वपूर्ण हुनेछ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ । अन्य जिल्लाका बाँकी डाटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणीकरण भएको हुनेछ।

कम्पनीले प्रदेशको आधारमा डाटा सेन्टरहरु निर्माण गर्नेछ ।

कार्यक्रममा कम्पनीका सिटिओ समित जना थिङ्गले इन्टरनेटको कन्टेन्टमा परिवर्तन भईरहेको भन्दै त्यसको लागिपनि डाटा सेन्टर राख्नुपर्ने बताए ।

कम्पनीकाअनुसार यसको लागि ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीले काठमाडौंसहित भरतपुर, बुटवल, बिरगंज, कोहलपुर, अत्तरिया सुर्खेत, भक्तपुरलगायतका १४ स्थानमा डाटा सेन्टर स्थापना गर्नेछ। ती डाटा सेन्टरलाई सबैले उपयोग गर्नसक्ने र त्यसमा ५०० भन्दा बढी र्याक राखिने जानकारी दिए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले प्रदेशको डाटा प्रदेशभित्रै राख्नुपर्ने हुँदा पनि प्रदेशअनुसार डाटा सेन्टर ल्याएको जानकारी दिए । उनकाअनुसार सरकारको डिजिटल नेपाल अभियानलाई सहयोग गर्न र सोहि अन्तरगत नै डाटा सेन्टर बनाउन लागेको बताए ।

TK Viber

प्रकाशित: १५ माघ २०७७, बिहीबार

Loading...