Technology Khabar १४ माघ २०७७, बुधबार
नेपाल राष्ट्र बैंकले क्युआर कोडमा आधारित भुक्तानी प्रणालीलाई नियमन गर्न क्विक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ।
राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रबर्द्धन तथा नियमन गर्नको लागि क्युआर कोडको फ्रेमवर्क तथा गाइडलाइनको मस्यौदा तयार गरेको हो ।
बैंकले नेपाल क्युआर स्ट्याण्डर्डाइजेसन फ्रेमवर्क एण्ड गाइडलाइनको मस्यौदा तयार गरेको हो ।
राष्ट्र बैंकले मस्यौदा अध्ययन गरी त्यसमाथि माघ ३० गते भित्र सुझाव सल्लाह दिन पनि आग्रह गरेको छ।
सो मस्यादाकाअनुसार अनुमति पाएका पेमेन्ट सर्भिस अपरेटरले मात्र क्यूआर स्कीम तथा नेटवर्क संचालन गर्न सक्ने प्रावधान राखिएको छ । त्यस्तो नेटवर्कमा कारोबार र भुक्तानी कार्य सदस्यहरुबिच हुनसक्ने प्राबधान राखिएको छ ।
क्यूआर प्रयोग गर्ने र भुक्तानी गर्ने संस्था अर्थात मर्चेन्टको नियुक्ती र जारी गर्नका लागि भने अनुमति पाएका वित्तीय संस्थाहरु तथा पेमेन्ट सर्भिस प्रोभाइडरहरु अर्थात वालेट कम्पनीहरुले मात्र गर्न सक्नेछन् ।
त्यसैगरि क्यूआर भुक्तानीमा ग्राहकहरुसँग कुनै शुल्क लिन नपाईने प्रावधान कडाईका साथ पालना गर्नुपर्ने गाइडलाइनमा उल्लेख छ ।
सो क्यूआर भुक्तानी तथा कारोबारका लागि नेटवर्कमा सहभागी हुन पाईने प्राबधान, क्यूआर एपको सुरक्षा तथा सेक्यूरिटी अडिट, ग्राहकहरुको गुनासो सुन्नसक्ने व्यवस्था, नेटवर्कमा भएका संस्थाहरुबिचको सेटलमेन्ट लगायतका विषयहरु राखिएको छ ।
त्यसैगरि अहिलेका अनुमति प्राप्त वालेटहरुले क्यूआरमा आधारित भुक्तानीलाई नेपालक्यूआर मापदण्डअनुसार तत्काल सबै नेटवर्कमा प्रयोग गर्न सकिने अन्तरसञ्जाल संचालन हुने किसिमको बनाउनु पर्नेछ ।
यसका साथमा राष्ट्र बैंकले ‘नेपालक्यूआर’को विशेषताहरु र त्यसलाई पुरा गर्न पालना गर्नुपर्ने आधारहरु समेत सार्वजनिक गरेको छ ।
हेर्नुस मस्यौदा-
QR-Code-Guidelines-and-Framework-and-Specificationsप्रकाशित: १४ माघ २०७७, बुधबार