भिडियो सेयरिङ्ग प्लेटफर्म टिकटकले भारतमा आफ्नो कारोबार बन्द गर्दै

Technology Khabar १४ माघ २०७७, बुधबार

भिडियो सेयरिङ्ग प्लेटफर्म टिकटकले भारतमा आफ्नो कारोबार बन्द गर्दै
Classic Tech

चिनियाँ सोशल मिडिया कम्पनी तथा टिकटकको लगानीकर्ता बाइटडान्सले भारतमा आफ्नो व्यवसाय बन्द गर्ने घोषणा गरेको छ।

भारतमा टिकटक र हेलो एपहरूको स्वामित्व लिएको यस कम्पनीका सेवाहरूमा प्रतिबन्ध जारी रहेको छ। केहि समयअघि भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउँदा त्यसमा टिकटकसमेत रहेको थियो ।

टिकटकको विश्वव्यापी अन्तरिम प्रमुख भेनेसा पप्पस र वैश्विक व्यापार समाधानका उपाध्यक्ष ब्लेक चण्डलीले आफ्ना कामदारहरूलाई पठाएको एक पत्रमा सो विषयको बारेमा उल्लेख गरेका छन र भारतमा टोलीको आकार रहेको कम गर्ने र भारतका सबै कर्मचारीहरु यस निर्णयबाट प्रभावित हुने भारतीय मिडियाहरुमा उल्लेख छ।

अधिकारीहरूले कम्पनी भारत फर्कने बारेमा अनिश्चितता देखाएका छन तरपनि आउँदो समयमा यस्तो पनि हुने आशा गरिएको छ।

‘हामीलाई थाहा छैन हामी कहिले भारत फर्कने छौं, हामी आफ्नो लचिलोपनमा भर पर्दछौं र भविष्यमा त्यसो गर्न चाहन्छौं,’ इमेलको बारेमा उल्लेख गर्दै भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

बाइटडान्सका एक स्रोतका अनुसार कम्पनीले बुधवार एउटा टाउन हल आयोजना गर्यो, जहाँ भारतको व्यापार बन्द हुने बारेमा बताइएको थियो। जब टिकटकका प्रवक्तालाई यस बारे सम्पर्क गरिएको थियो, उनले भने कि कम्पनीले भारत सरकारले जारी गरेको २९ जुन २०२० को आदेशलाई पालना गरिरहेको छ।

प्रवक्ताले भने, ‘यो निराशाजनक छ कि गत सात महिनामा हाम्रो प्रयासहरूको बाबजुद पनि, हामीलाई हाम्रो एप कसरी र कहिले सुरु गर्न सकिन्छ भन्ने बारे स्पष्ट दिशा दिइएको छैन। दुखको कुरा के हो भने भारतमा हाम्रा २,००० भन्दा बढी कर्मचारीहरुलाई आधा बर्ष भन्दा बढि समय राखेपछि अब हामीसँग हाम्रो कार्यबल घटाउनुबाहेक अर्को विकल्प छैन।’

बाइटडान्स अधिकारीहरूले कम्पनीको तर्फबाट स्थानीय नियम र कानूनको पालना गरे पनि यसको एपलाई प्रतिबन्ध गरिएको बताएको थियो।

TK Viber

प्रकाशित: १४ माघ २०७७, बुधबार

Loading...