Technology Khabar १४ माघ २०७७, बुधबार
अमेरिकी कम्पनी वालमार्टले अनलाईन अर्डरहरु रोबोटको सहायतामा लिएर डेलिभरी गर्ने योजना बनाएको छ ।
वालमार्टले साना रोबोट कर्मचारीको सहयोगबाट आफ्नो गोदामका सामान पिकअप र डेलिभरी गर्नका लागि अर्डर लिने योजना बनाएको बुधबार कम्पनीले जानकारी दिएको छ ।
कोभिड–१९ को कारण अमेरिकामा अनलाईनबाट सामान खरिद गर्नेहरुको संख्यामा ठूलो वृद्धि भएको छ । रोबोटहरुले पर्दा पछाडि काम गर्नेछन् ।
जस्तै फ्रिज गरिएको र फ्रिजयुक्त खाद्य पदार्थको साथसाथै गोदाम भित्रबाट साना सामान्य वस्तु उठाउने कामका लागि रोबोटको प्रयोग गरिन्छ ।
स्टोरका कर्मचारीले ताजा उत्पादन, मासु, सिफुड, ठूला स्क्रिन टिभी लगायत व्यापारिक वस्तुमा काम गर्नेछन् ।
वालमार्टको अमेरिकामा ५ हजारभन्दा धेरै स्टोर सञ्चालनमा छ । कम्पनीले तत्काल कति वटा स्टोरमा रोबोटबाट काम लिनेछ भनेर जानकारी दिएको छैन ।
सुरुवाती चरणमा दर्जनौं स्थानमा रोबोटबाट काम गर्नेछ र त्यसपछि बिस्तारै अन्य स्टोरमा जाने कम्पनीको योजना छ । रोयटर्स
प्रकाशित: १४ माघ २०७७, बुधबार