नेपाल टेलिकमले कोभिड-१९ भ्याक्सिनको बारेमा डायल रिङ्गटोनमार्फत जानकारी दिँदै

Technology Khabar १४ माघ २०७७, बुधबार

नेपाल टेलिकमले कोभिड-१९ भ्याक्सिनको बारेमा डायल रिङ्गटोनमार्फत जानकारी दिँदै

काठमाडौं ।

नेपाल टेलिकमले आजदेखि आफ्नो डायल रिङ्गटोन परिवर्तन गरेर कोभिड-१९ भ्याक्सिनको बारेमा जानकारी दिन थालेको छ ।

टेलिकमका प्रयोगकर्ताहरुले अर्को प्रयोगकर्तालाई कल गर्दा आउने डायल रिङ्गटोनमा कोरोनाभाइरस विरुद्धको भ्याक्सिनको बारेमा जानकारी दिन थालेको हो ।

यसमा नेपाल सरकारले कोरोनाको खोप ल्याईसकेको र पहिला सफाई कर्मचारी तथा स्वास्थ्यकर्मी र अन्यलाई प्राथमिकताको आधारमा निशुल्क लगाईने सूचना दिईएको छ ।

त्यसैगरि डायल रिंगटोनमा खोप लगाउनु अगाडि वा लगाईसकेपछि पनि अनिवार्यरुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

यसअघि टेलिकमले डायल टोन तथा कलर रिङ्गब्याकटोनमा कोरोना विरुद्धको सचेतनामूलक जानकारीहरु दिईरहेको थियो ।

easy care

प्रकाशित: १४ माघ २०७७, बुधबार

ताजा समाचार